Edukhabar
आइतबार, ०९ मंसिर २०८१
विचार / विमर्श

कार्यमूलक अनुसन्धान : गर्न खोजेको के ? भएको के ?

विहीबार, १७ माघ २०७५

वि.संं. २०६७ मा शिक्षक सेवा आयोग नियमावलीको पाँचौ संशोधनले शिक्षकहरूको प्रचलित कार्यसम्पादन मूल्याङ्कनको ढाँचामा परिवर्तन गरी फारम भर्ने सबैले अनिवार्य रुपमा कार्यमूलक अनुसन्धान गर्नुपर्ने र त्यस वापत ३ अङ्कको व्यवस्था गर्यो । यो कसैको लहडमा ल्याइएको थियो वा आवश्यकताको आधारमा ? यसमा कुनै ठूलै अनुसन्धान नै भएको थियो कि सत्ता र शक्तिमा हुनेलाई रहर लागेको थियो ? ल्याउनेलाई नै थाहा होला । तर यो शिक्षकहरूले माग गरेर र उनीहरूको चाहनामा आएको भने पक्कै होइन । नेपालमा शिक्षकहरूले सामुदायिक शिक्षा सुधार र आफूहरूको व्यवसायिकता वृद्धिका लागि कुनै माग गरेको पङ्तिकारलाई ज्ञान छैन । कसैको रहरमा यो आयो, शिक्षकको रहरमा आएन र अहिले पनि यसलाई अधिकांश शिक्षकहरूले अरुका लागि गरिदिने कामको रुपमा बुझेका छन् भन्दा अतिशयोक्ति नहोला । 

कार्यमूलक अनुसन्धानको सैद्धान्तिक अवधारणबाट हेर्दा सामुदायिक शिक्षाको समग्र कमजोरीमा विद्यालय र कक्षा कोठाका समस्या छन् ती समस्या समाधान अभ्यासकर्ताले (शिक्षक) नै गर्नुपर्छ भन्ने आसयले यसलाई ल्याइएको हुनुपर्छ । आठ वर्षदेखिको यो अभ्यासले सामुदायिक विद्यालयका कक्षा कोठा र विद्यालय सुधार भए कि भएनन् ? शिक्षकहरूले गरेका वा लेखेका कार्यमूलक अनुसन्धानले शिक्षण सिकाइमा सुधार ल्यायो ल्याएन ? त्यो फरक खोजको विषय होला । तर हरेक वर्ष वैशाखमा कार्यसम्पादन मूल्याङ्कन फारममा जोड्नका लागि, कार्यमूलक अनुसन्धान लेख्ने हतारो शुरु हुने गरेको छ । 

कार्यसम्पादन मूल्याङ्कनमा व्यवस्था भएसँगै शिक्षक सेवा आयोगले यसलाई खुला प्रतियोगिताको पाठ्यक्रममा पनि समावेश ग¥यो । शैक्षिक जनशक्ति विकास केन्द्रले मुख्य प्रशिक्षक प्रशिक्षण र प्रशिक्षक प्रशिक्षण सञ्चालन ग¥यो । शैक्षिक जनशक्ति विकास केन्द्र, विभिन्न शैक्षिक तालिम केन्द्र, जिल्ला शिक्षा कार्यालय, स्रोतकेन्द्र जहीँतहीँ यसका तालिम चले । यो विषयका लागि हजारौँ प्रशिक्षक तयार भए । हजारौँ जनालाई तालिम दिइयो । प्रशिक्षण निर्देशिका, कार्यमूलक अनुसन्धानका लेख त कति कति ! शिक्षक सेवा आयोगको खुला प्रतियोगितात्मक परीक्षा पास गर्नेले त तीन घण्टाको परीक्षा समयमै एउटा कार्यमूलक अनुसन्धान सम्पन्न पनि गरे । शिक्षक सेवा आयोगका तयारी कक्षा र गाइडमा यसको विद्धता पोखिएको छ । देशी विदेशी सयौँ विद्धानले यसका परिभाषा दिएका छन् । शिक्षा क्षेत्रमा यस्तो मान्छे कोही छैन होला, जसले यसको वारेमा सुनेको छैन र जानेको छैन । यति धेरै प्रयास हुँदा पनि कार्यमूलक अनुसन्धान किन अनुसन्धान मात्र भएको छ, कार्यमूलक हुन सकेको छैन ? भन्ने प्रश्न अनुत्तरित नै छ । तर पङ्तिकार शिक्षा क्षेत्रमै काम गरेपनि यसको तालिम लिने र दिने अवसर पनि पाएको छैन, धेरै कुरा जान्दा पनि जान्दैन । 

वि.सं. २०७४ असारको पहिलो साता पङ्तिकार देशको एउटा तत्कालीन शिक्षा कार्यालयमा पुगेको थियो । विद्यालय प्रशासन शाखामा विभिन्न तहका शिक्षकहरूले बुझाउनु भएका कार्यमूलक अनुसन्धान प्रतिवेदनको तहगत अलग अलग फाइल तयार गरेर व्यवस्थित तरिकाले राखिएको थियो । भन्न त नजाने गाउँको बाटो नसोध्नु भन्छन् तैपनि मलाई त्यसरी बाँधेर राखिएका ती कार्यमूलक अनुसन्धानका प्रतिवेदनहरू कस्ता होलान् ? ती अनुसन्धानका प्रतिवेदनहरू पढेर कक्षा कोठा र पठनपाठनका केही कुरा जान्न पाइएला कि भनेर हेर्न मन लाग्यो । अनुमति मागेर जब ती प्रतिवेदनहरू सरसर्ती हेर्न थालेँ मलाई मेरै अल्पज्ञान माथि प्रश्न गर्न मन लाग्यो । होइन मैले त यो कार्यमूलक अनुसन्धान भन्ने बुझैकै छैन कि क्या हो ? कनिकुथी अङ्ग्रेजीमा लेखिएका गुगलमा सर्च गरेका सामग्री त पढेको हुँ । अनुसन्धान विधिका केही पुस्तकहरू पनि पढेकै हो । होइन यो त बुझैकै रहेनछु कि जस्तो लाग्यो । फेरी एकपटक गुगलको सहारा लिए । केही निशुल्क किताब डाउनलोड गर्न सकिने वेभसाइटको सहारा लिए । फेरी पाँच सातवटा किताब जम्मा पारेँ । तीन वर्ष अगाडी रु. ५५० हालेर किनेको कार्यमूलक अनुसन्धानको पुस्तक सित्तैमा वेभसाइटमा भेट्टाउँदा त्यो पैसाको माया लाग्यो । पढ्ने कुरा र ती फाइलमा राखिएका प्रतिवेदनमा तालमेल नभेट्दा आफैले नुबुझेको हो कि भन्ने अलमल धेरै भयो । तथापि चार वटा कुरामा भने स्पष्ट हुन सकेँ । 

(a) without action there is no action research 

(b) it is cyclical process (plan, act, do, reflect, re-plan) 

(c) result should have change in practice/previous situation 

(d) it should have conducted by practioner and self-correction.

अङ्ग्रेजीका यी चार वाक्यको सहाराले सबै प्रतिवेदन हेर्न थालेँ, त्यहाँ कुनै Action छ, छैन र चक्रीय छ, छैन भन्ने दृष्टिबाट । हेर्दै गर्दा न त कतै Action छ, न त त्यहाँ चक्रीय  पद्धति छ, न त साँच्चिकै अनुसन्धान नै भएको छ । न त प्रतिवेदनमा एकरुपता नै छ । कसैले शीर्षक लेखेर निबन्ध लेख्नुभएको छ, कसैको पत्रकारको जस्तो रिपोट छ त कतै १५, २० वटा समस्याको फेहरिस्त र त्यति नै सङ्ख्यामा समस्या समाधानका उपाय सुझाइएको छ । कासमु भर्दा एक दुई घण्टामा तयार गरिएको हो कि भन्ने जस्तो देखिन्छ । प्राथमिक होस् वा निम्नमाध्यमिक र माध्यमिक सबैको अवस्था करिब उस्तै छ तथापि तह अनुसार भाषा, शैली, समस्या, समस्याका कारण, समाधानका उपायको पनि तह बढेको छ । अनि विचार गरेँ माध्यमिक तहका मात्र यी प्रतिवेदनको एउटा तालिका बनाउँ कस्तो बन्छ ।

1.

1. Topic: Weakness in English word meaning

2. Statement of problems: Students are very poor in English words and their meaning. They memorize in Nepali and forget with short time. They can't use words in speaking and writing.

3. Objective: (a) to find out reason (b) find out solution (c) make a plan (d) improve teaching

4. Significance of the study: Continuous action research can make a teacher update. Basic thing is word knowledge in language learning. Every student should have the meaning of words and using them while learning English.

5. Area or boundary of study: Grade 9 and 10.

6. Review Related Literature: Pervious action research.

7. Hypothesis: By studying the problem, following hypothesis are created:

(a) lack of practice

(b) interference of mother tongue

(c) negative thinking towards English subject

(d) not effective materials and method

(e) lack of exercise in the textbook based word meaning

(f) no English environment at school.

8. Study methodology: (a) selecting model (b) data collection (c) analysis of data: all data is analyzed by using statistical methods and answers of questions and made conclusion of weakness of word meaning.

9. Findings: (as hypothesis)

10. Conclusion and Recommendation: This study will be fruitful and helpful for everyone who are directly related in this subject. Following recommendations are listed:

(a) using real objects, videos, pictures cards should be used.

(b) teacher should arouse positive attitude

(c) English environment should be created

(d) more and more exercise should be given.

  हस्त लिखित पाँच पेजमा तयार गरिएको यो प्रतिवेदन हेर्दा कुनै पनि दृष्टिबाट यसलाई कार्यमूलक अनुसन्धान भन्न सकिने अवस्थामा छैन म । न त कुनै Action छ, न त चक्रीय अवस्था छ । उद्देश्य चारवटा छन् । परिकल्पना सातवटा छन्, आठवटा प्राप्तीहरू र चारवटा सुझाव दिइएको छ । तथ्याङ्क शास्त्रीय विधिबाट विश्लेषण गरियो भनिएको छ, तर के विश्लेषण भन्ने थाहा छैन । तैपनि कासमुको ३ नम्बर त पक्का आयो है । दुई चार वर्षमा त बढुवा पनि होला ।
2.

१. अनुसन्धानको पृष्ठभूमि : विद्यार्थीले विद्यालय छोडनुको दोष विद्यार्थीलाई दिइन्छ तर यसका पारिवारिक सामाजिक जस्ता अन्य पक्ष छन् । आफ्नो विद्यालयमा पनि बीचैमा विद्यालय छोड्ने रहेकाले यसै विषयमा अनुसन्धान गर्ने इच्छा लाग्यो ।

२. योजना : विद्यालय लागेको दिनदेखि विद्यालय आउन छोडेकी छात्राको पारिवारिक अवस्था विश्लेषण गरी परामर्श गरी उनलाई नियमिति विद्यालय आउन सक्ने वातावरण तयार गर्ने

३. क्रियाकलाप : म र सहकर्मी शिक्षक सहित कक्षा छाडेकी एकजना विद्यार्थीको घरमा गयौँ । घरमा उनको पारिवारिक समस्या रहेछ । धेरै कुरा गरियो । लक्षित छात्राको सबै अवस्थाको बारेमा जानकारी लिने काम भयो । उनको परिस्थितिलाई अध्ययन र विश्लेषण गर्दा उनको आत्मविश्वासमा कमी देखियो । विद्यालय आउन आग्रह गरेर फर्कियो । 

४. अवलोकन : शुक्रबार उनको घरमा गएर आएकोमा आइतवार उनी विद्यालय आइन । पहिलो त्रैमासिक परीक्षामा राम्रोसँग सहभागी भई लगातार विद्यालय आएको पाइयो । अतिरिक्त क्रियाकालापमा पनि सहभागी भएको पाइयो । 

५. प्रतिविम्बन : पारिवारिक, आर्थिक तथा अन्य कारणले विद्यार्थीले बीचैमा पढाइ छोड्ने प्रवृति हाम्रा विद्यालयमा धेरै छ । यदि उनीहरूको अवस्थाको जानकारी लिई समस्यामा सहानुभूति दिदै आत्मविश्वास र मनोवल बढाउन सकिने नियमित विद्यालय आउने वातावरण तयार गर्न सकिन्छ । 

६. निश्कर्ष : पहिलो चरणको क्रियाकलाप गर्दा विद्यालय नियमित आउन थालेकाले यो अनुसन्धान सफल भएको र पुर्नयोजनाको प्रक्रिया अगाडि बढाउन आवश्यक देखिएन । शिक्षकहरूले विद्यार्थीले पढाइ छोड्नुको कारण खोजी गरी उचीत व्यवहार र मनोवैज्ञानिक उपचार गर्न सके यो समस्या समाधान गर्न सकिन्छ । 

यसमा केही Action भएको देखिन्छ । तर प्रतिवेदनमा भनिए जस्तो आत्मविश्वास नभएर विद्यालय नआएको भन्ने तथ्यले साच्चिकै समस्या समाधान भयो भएन यकिन गर्न सकिदैन ।

पृष्ठभूमीममा विद्यालयमा धेरै देखिने समस्या भनिएको छ तर यसमा चक्रीय रुपमा पुर्नयोजना देखिएन । पृष्ठभूमिमा भनेको आधारमा अरु विद्यार्थीले पनि छोडेका छन् भन्ने छ । यसमा यो भन्दा बढी एकजना विद्यार्थीको समस्यामा मामला अध्ययन (Case study) गरिन्छ ।

कार्यमूलक अनुसन्धान होइन भन्ने नै बुझ्नु आवश्यक छ । एउटा विद्यार्थीको घरमा एकदिन गएर सम्झाएर आउने काम कार्यमूलक अनुसन्धानको क्षेत्रमा पर्ला कि नर्पला ? यो कोठामै बसेर लेख्न सकिने अनुसन्धान होइन भन्ने आधार थोरै छन् ।

3.

१. समस्या : कक्षाकोठामा अधिकासं विद्यार्थी अनुपस्थित हुनु

२. अध्ययनको पृष्ठभूमी : दुई वाक्यमा कार्यगत अनुसन्धानको परिभाषा उल्लेख गरिएको छ । स्थायी शिक्षकले बढुवा प्रयोजनका लागि कार्यसम्पादन मूल्याङ्कन फारममा अनिवार्य पेश गर्नुपर्ने भएकाले अध्यापनरत विद्यालयमा देखिएको समस्यालाई अध्ययनको शीर्षक बनाई अनुसन्धान गर्ने प्रयास गरेको छु । 

३. समस्याको पहिचान : गृहकार्य परीक्षणमा समस्या र एकरुपता नहुनु, कक्षाकोठामा विषयवस्तु शिक्षणको क्रममा विद्यार्थी किन यताउती गर्छन् । यो समस्या हरेक दिनको कक्षाकोठामा शिक्षण कार्यमा आइरहेकाले कक्षाकोठामा अधिकांस विद्यार्थी अनुपस्थित हुनुलाई यस अनुसन्धानको मूल समस्याको रुपमा लिई अध्ययन गर्नु परेको हो ।

४. उद्देश्य : (क) विद्यार्थीको विद्यालयमा कम उपस्थित हुने कारणहरुको पहिचान गर्न (ख) उक्त समस्याको समाधान गर्न । 

५. योजना : प्रअ र अन्य विषयगत शिक्षकलाई जानकारी दिए । विद्यार्थीलाई प्रश्न सोधि समस्याको जानकारी प्राप्त गरे । विद्यार्थीको अभिभावकलाई भेटी समस्याको वारेमा जानकारी प्राप्त गरियो । विद्यार्थीले घरको काम गर्नु पर्ने र अभिभावकले जान रोक लगाएको जस्ता कारण पाइयो । समस्या समाधानका लागि विद्यालयबाट अनुशासनका नियम बनाइयो । एक दिन अनुपस्थित हुनेलाई सजाय स्वरुप रु १० लिने निर्णय गरियो । 

६. कार्यान्वयन : योजना अनुसार अनुपस्थित भएको जरिवाना रु १० उठाउन शुरु गरियो र अभिभावकलाई पनि समय समयमा सल्लाह र सुझाव लिदै अगाडि बढ्दै गइयो ।

७. अवलोकन : समस्या र कार्यान्वयनपछि देखिएको अवस्थाको तुलना गरियो । अवलोकनपछि पनि पुन समस्या समाधान नदेखिएको पाइएमा पुन अनुसन्धानलाई अन्य विधिहरुको प्रयोग गरी सुधारको उपाय अपनाइन्छ । 

८. प्रतिविम्बन : योजना बनाई कार्यान्वयनमा ल्याउँदा विद्यार्थीहरूमा देखिएको समस्याहरु केही हदसम्म समाधान भएको जानकारी थाहा हुन आयो । उक्त समस्यालाई अझ प्रभावकारी रुपमा लागू गर्दा पूर्ण समाधान हुन सक्ने अभिप्रायले सो योजना कार्यान्वयनलाई निरन्तर र प्रभावकारी तरीकाले लागू गर्ने निर्णय गरियो । 

९. निश्कर्ष : उपयुक्त समस्याको पहिचान, योजना निर्माण र कार्यान्वयन पश्चात निश्कर्षमा पुग्दा समस्याको मूल कारण विद्यार्थी रहेको, समस्या समाधान गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने र उक्त समस्याको शिक्षक स्टाफले विद्यालयमा अनुशासन कायम पश्चात र विद्यार्थीको अभिभावकको प्रत्यक्ष संलग्नतामा प्रभावकारी कार्यान्वयन पश्चात समाधान भएको ।

  टाइप गरिएको चार पेजको यो प्रतिवेदन शिक्षकले पूर्ण रुपमा काल्पनिक ढंगले तयार गरेको भन्न सकिन्छ । समस्यासँग कुनै तालमेल देखिदैन । कति कक्षाका कति जना विद्यार्थीमा यस्तो समस्या हो ? कति अभिभावकसँग कुरा गरियो ? रु १० जरिवाना किन लिने ? जस्ता थुप्रै प्रश्न यसमा गर्न सकिन्छ । यसको उद्देश्य सुधार होइन, कासमु भर्नेमा रहेको छ । 
4.

क्षेत्रीय विकास र संघीयताबीच स्पष्ट समानता र भिन्नता देखाउन गरिएको कार्यमूलक अनुसन्धान

१. परिचय : कक्षा १० को सामाजिकको पहिलो एकाइको पाठ हो । यसमा विद्यार्थी धेरै अलमल हुने भएकाले ।

२. योजना तथा क्रियाकलाप : छात्रा र छात्रको सङ्ख्या बराबर हुने गरी २ समूह बनाइ एउटालाई क्षेत्रीय विकास र अर्कोलाई संघीयताको अनुच्छेद अध्ययन गर्न लगाइयो । त्यस पछि एक समूहले अर्को समूहलाई पढेको अनुच्छेद अनुसार १०, १० वटा छोटा प्रश्न गर्न लगाइयो । उत्तर नआएमा पाठ्यपुस्तक हेरेर उत्तर दिन लगाइयो । प्रश्न उत्तरको क्रममा शिक्षकबाट पृष्ठपोषण दिइयो । 

३. निश्कर्ष : विद्यार्थी निम्न निश्कर्षमा पुगे । (सातवटा वुँदामा विषयवस्तु राखिएको) ।

  यो खासगरी क्षेत्रीय विकास र संघीयताबीच समानता र भिन्नता एक पिरियडमा पढाउँदा गरिएको वर्णन (शिक्षण क्रियाकलाप) मात्र हो । यसलाई कार्यमूलक अनुसन्धान मान्नै पर्ने अवस्था छ । म फेरी मेरै बुद्धिमाथि प्रश्न उठाउँदै छु । 
5.

१. शीर्षक : कक्षा १० को नेपाली विषय २०७३ र २०७४ को गातादेखि पहिलो पाठको तुलनात्मक अध्ययन । 

२. परिचय : परिवर्तित पाठ्यक्रमको सन्दर्भ ।

३. पृष्ठभूमि : २००७ सालदेखिको इतिहास ।

४. उद्देश्य : (क) गाता देखि पाठ एकसम्मको अध्ययन गरिने  (ख) पाठ एकको विधा, अभ्यास र व्याकरण खण्डको विश्लेषण गरिने नेपाली किताबको गातादेखि पाठ एकसम्म ।

६. अध्ययन विधि : 

७. समस्याको ठहर : बोलाई सीपमा अशुद्धता, लेखाइ सीपमा भाषाविदहरुको विवाद, भाषाविवादका कारण वर्णविन्यासमा समस्या, पहिलेकोमा व्याकरण वाक्यमा अहिले अनुच्छेदमा हुँदा अनौठो ठान्नु, नयाँ शैलीमा लैजान कठिन, सूचना प्रविधिको प्रयोगको कमि । 

८. निश्कर्ष : 

९. सुझावहरु : अध्ययनकर्ताले अध्ययनशील बन्नु पर्ने, ज्ञान, बोध तहका आधारमा प्रयोग गर्नुपर्ने, कागजको गुणस्तर राम्रो हुनुपर्ने, छपाइमा शुद्ध हुनुपर्ने, वर्णविन्यासमा द्धैध हुन नुहने आदि । 

  यसलाई पनि कार्यमूलक अनुसन्धान अन्तर्गत वर्गीकरण गरी कासमुमा तीन नम्बर राखेर प्रमाणीत गर्नुपर्ने प्रधानाध्यापक, सिफारिस गर्ने स्रोत व्यक्ति र सुपरीवेक्षक सबैले बुझेका छैनन् भन्ने तागत मसँग छैन । 
6.

१. शीर्षक : विद्यालयमा कक्षा ९ का विद्यार्थीको अनियमितता

२. परिचय :    आधा पेजमा शिक्षाको इतिहास ।

३. उद्देश्य : विद्यालयमा कक्षा ९ का विद्यार्थीको अनियमितताका कारण पत्ता लगाई समयमै समस्या समाधान गर्नु । 

४. अध्ययनको सीमा : कक्षा ९ का सम्पूर्ण विद्यार्थीलाई मुख्य जनसंख्याको रुपमा लिइएको छ । 

५. तथ्याङ्क सङ्कलन विधि : प्रअसँग अन्र्तवार्ता, अभिभावकसँग अन्र्तवार्ता र विद्यार्थीसँग अन्र्तवार्ता

६. विश्लेषण : विद्यार्थीको औसत उपस्थिति ५.७५ प्रतिशत रहेको छ । आर्थिक अवस्था, अभिभावकको निस्कृयता, लगनशीलताको अभाव, जनचेतनाको कमि, शैक्षिक सेवा र सुविधाको अभाव । 

७. परिणामहरू : भौगोलिक विकटता, घरायसी काम, अभिभावकको चासो कम, शैक्षिक वातावरण उपयुक्त नभएको, अवैज्ञानिक परीक्षा प्रणाली । 

८. सुझावहरु : अभिभावकबीच अन्र्तक्रिया, अभिभावक चेतना, विद्यार्थीको वास्तविक समस्या बुझि सहयोग गर्नुपर्ने, नियमित अनुगमन र सुपरीवेक्षण

९. निश्कर्ष : अहिले कक्षा ९ का विद्यार्थी नियमित रुपमा विद्यालय आएको र पढाइप्रति चासो राखेको । 

7. IEMIS को अनिवार्यता, समस्या र चुनौतिहरू : यो शीर्षकमा २ पेजको लेख लेखिएको छ । 
8. नेपाली विषयको नतिजा विश्लेषण : प्रतिवेदनमा कुनै पनि अन्य खण्ड छैनन् । नतिजा पनि प्रस्तुत छैन । नतिजा कमजोर हुनुको कारणहरुको फेहरिस्त तयार गरी एकमुष्ठ सुझाव दिइएको छ । 
   

फाइल पल्टाउदै जाँदा विद्यालयमा पुस्तकालय स्थापनाका लागि तयार गरिएको प्रस्तावनालाई कार्यमूलक अनुसन्धानको रुपमा कासमुमा राखिएको छ । स्रोतकेन्द्रमा कार्यमूलक अनुसन्धानको प्रशिक्षक भएका स्रोतव्यक्तिहरूको पनि कार्यमूलक अनुसन्धानको उदाहरण प्रतिवेदन बन्न सकेको देखिएन । 

एक स्रोत व्यक्तिकै कार्यमूलक अनुसन्धानको प्रतिवेदनमा वर्षमात्र परिवर्तन गरेर बुझाएको पनि भेटिएको छ । अर्का एक शिक्षकले शिक्षकको पेशागत विकास तालिम TPD २०६९ मा सहभागी हुँदा तयार गरिएको कामलाई कभर पेज परिवर्तन गरी पेस गरिएको छ । शिक्षकले आफ्नै समस्या समाधानका लागि गर्ने भन्ने कार्यमूलक अनुसन्धानको उद्देश्यमा शिक्षकलाई सुझाव दिने भन्ने उद्देश्य निर्धारण गरी कार्यमूलक अनुसन्धानको प्रतिवेदन तयार गरिएको छ । एउटै शीर्षकमा तयार गरिएको रिपोर्टमा दुइजनाले नाम परिवर्तन गरेर राखिएको छ । 

शिक्षकले केही न केही त लेखे । उनीहरुले केही अध्ययन त गरे । त्यो कार्यमूलक अनुसन्धान नभए पनि केही काम त भयो । विस्तारै सुधार हुँदै जाला पनि भन्न सकिएला । तर जुन तरिकाले औपचारिकता मात्र पूरा गर्न गरिएको छ त्यसले भोलिका दिनमा पनि सुधार हुन्छ भनेर आशा कमै गर्न सकिन्छ । एउटा कार्यमूलक अनुसन्धान गणित विषयमा अतिरिक्त कक्षा लिने र नलिने विद्यार्थीको प्राप्ताङ्कको भिन्नता अध्ययन गर्ने भनिएको छ तर परीक्षा नै नलिई प्राप्ताङ्कको अध्ययन सकिएको छ । यस खालको प्रवृतिले त भोलिका दिनमा पनि सुधार होला भन्ने अपेक्षा कति गर्ने होला ! सिकाएर, पढाएर त सकि नै सक्यो । हरेक वर्ष कासमुमा यस वापतको पूृर्ण अङ्क आएकै छ किन गर्नु र ?

कार्यमूलक अनुसन्धान खासगरी देखापरेका समस्या समाधान (न्यूनीकरण वा सुधार समेत) गर्नका लागि गर्ने भनिन्छ, तर अधिकांश कार्यमूलक अनुसन्धानका शीर्षकहरूनै समस्याहरु खोजी गर्ने भन्ने रहेका छन् र समस्याको खोजी गर्दा पनि मनगढन्ते तरिकाबाट आफूलाई मनमा लागेका समस्या लेखिएको छ । समस्या ज्यादै स साना हुनुपर्छ र जुन शिक्षकले आफैले समाधान गर्न सक्ने हुनुपर्छ भनिन्छ तर समस्याहरु नेपालमा बालिका शिक्षाका समस्यादेखि सामुदायिक विद्यालयको गुणस्तरका सम्म रहेका छन् । 

हामी शिक्षाकर्मीले साच्चिकै सुधार चाहेका छौँ भने जे गर्न खोजिएको हो, यसलाई जे का लागि गराउन खोजिएको हो त्यसमा ध्यान दिउँ । नभए औपचारिकताका विभिन्न वहानामा समय खर्च नगर्दा पनि होला भन्ने लाग्छ । कम्तीमा शिक्षा कार्यालयहरूमा यी कार्यमूलक अनुसन्धानको सामान्य समिक्षा गर्ने, शिक्षकलाई पृष्ठपोषण दिने र केही राम्रा कार्यमूलक अनुसन्धानको उदाहरणहरू प्रस्तुत गरिदिने अभ्यास मात्र गर्न सक्दा पनि प्रभावकारी हुन्थ्यो । 

दुई पेजमा पनि तयार गरिएका छन् र १०, १२ पेजसम्मका पनि छन् । कार्य सम्पादन मूल्याङ्कनका लागि कम्तीमा कति आवश्यक पर्ने हो, त्यसको ढाँचा के हो ? त्यसमा न्यूनतम हुनुपर्ने कुरा के के हुन ? भन्ने मात्र पनि स्पष्ट गर्नु आवश्यक छ । यसलाई सुधारको रणनीति हो भने प्रभावकारी कार्यान्वयनमा ध्यान दिउँ, नभए औपचारिकतामा मात्र ध्यान नदिदाँ नै वेस होला । कुरा गरेर होइन, काम गरेर हुन्छ सुधार । कार्यमूलक अनुसन्धान लेख्ने विषय होइन, गर्ने विषय हो । लेखेर गर्ने होइन गरेपछि लेख्ने हो । 

धन्यबाद !

शिक्षा मन्त्रालयका अधिकृत आचार्य विद्यालय निरिक्षक हुन्, हाल उनी शैक्षिक गुणस्तर परीक्षण केन्द्रमा कार्यरत छन् । 

प्रतिक्रिया