Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

नक्कली प्रमाणपत्र बुझाएर मावि शिक्षक !

आइतबार, १३ माघ २०७५

काठमाडौ - माध्यमिक तहको शिक्षक नियुक्ति हुँदा पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षक विरुद्ध मुद्दा दायर गरेको छ । 

रामसखी मो.सिंह जनता माध्यमिक विद्यालय बलरा – ५, सर्लाहीका माध्यमिक तहका शिक्षक देवनारायण ठाकुरले बुझाएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अख्तियारको दावी छ ।

'झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति भएको भन्ने समेत व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उक्त त्रुटि फेला परेको' अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । 

ठाकुरले बाबा साहेब भिमराव अम्बेड्कर विहार विश्वविद्यालय मुजफ्फरपुर भारतबाट स्नातक उत्तीर्ण गरेको प्रमाण पत्र पेश गरी माध्यमिक तहको तृतीय श्रेणीको शिक्षक पदमा नियुक्ति लिएका थिए । उक्त कार्यबाट सरकारी लाभ तथा सुविधा समेत लिएको देखिन आएकोले मुद्दा दायर गरेको अख्तियारको भनाई छ । 

 

प्रतिक्रिया