Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

प्रअ र अध्यक्ष सहित ४ जना विरुद्ध मुद्दा, नौ बर्ष अघिको निकासामा अनियमितता

विहीबार, १० माघ २०७५

काठमाडौं  - विद्यालयमा निकासा भएको रकममा हिना मिना गरेको अभियोग सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रधानाध्यापक सहित चार जना विरुद्ध मुद्दा दायर गरेको छ । नौ बर्ष अघि निकासा भएको विद्यालय भवन निर्माण र छात्रवृति रकममा उनीहरुले अनियमिता गरेको अख्तियारको आरोप छ ।  

सप्तरीको साविक त्रिलोक गाविस ४ स्थित राष्ट्रिय प्राथमिक विद्यालयका प्राधानाध्यापक तेजनारायण यादव, तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेदी यादव, तत्कालिन प्रधानाध्यापक चक्रप्रसाद देव, शिक्षक चन्द्रनारायण यादव विरुद्ध अख्तियारले मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । उनीहरु विरुद्ध साढे नौ लाख बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा चलाएको उनले बताए । प्रधानाध्यापक यादव विरुद्ध पाँच लाख आठ हजार ८ सय ४०, अध्यक्ष र तत्कालिन प्रअ विरुद्ध दुई÷दुई लाख र शिक्षक यादव विरुद्ध ५१ हजार दुई सय रुपैंया विगो माग दाबी गरिएको छ ।  

उनीहरुले शैक्षिक सत्र २०६६ ०६७ मा उक्त रकममा अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले छानविन थालेको जनाएको छ । छानविनका क्रममा भवन निर्माण, छात्रवृत्तिको लागि निकासा भएको रकममा लागत इष्टिमेट अनुसारको कार्य नगरी छात्रवृत्ती वितरण भरपाई कागजातमा किर्ते सहिछाप गरेको पाइएको अख्तियारले जनाएको छ । 

 

प्रतिक्रिया