काठमाडौं १ माघ / काभ्रेको मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएकी प्रधानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिनुभयो । नगरकोट, काठमाडाँै, मेलम्ची तथा दोलखामा समेत खोजी गर्दा भेट्न नसकिएको उहाँले बताउनुभयो ।
शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीको टोलीले उनको खोजी गर्दै आएको छ । बेपत्ता सुनमायाको खोजीका लागि विभिन्न स्थानका प्रहरी चौकीमा खबर गरिएको श्रेष्ठले बताउनुभयो ।
गोरखापत्रबाट
प्रतिक्रिया