भक्तपुर - शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकको लिखित परीक्षाको सबै नतिजा सार्वजनिक भएको छ । बाँकी रहेको काठमाडौंको नतिजा आईतबार सार्वजनिक भएसँगै अस्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिकको प्रकृया सकिएको हो ।
यो सँगै आयोगले गत असारमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रम १ महिना १२ दिनमा सकिएको छ । आयोगले गत मंसिर १० गतेबाट लिखितको नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो ।
देशका अन्य जिल्लामा जस्तै काठमाडौंमा पनि माग भन्दा कम पद संख्यामा मात्रै अस्थायी शिक्षक उत्तीर्ण भएका छन् ।
विज्ञापन नम्बर १०१ मा २५ पद माग भएकोमा लिखितमा सम्मिलत १९ मध्ये ९ जना मात्रै पास भएको आयोगले जनाएको छ । यस्तै विज्ञापन नम्बर १०२ मा २ सय ८६ पदका लागि भएको परीक्षामा लिखितमा सम्मिलत २ सय २३ जना मध्ये जम्मा १ सय ५२ जना मात्रै उत्तीर्ण भएका छन् । विज्ञापन नम्बर १०३ मा भने माग पद संख्या ३० रहेकोमा परीक्षामा सहभागी भएका ५४ जना मध्ये ३७ जना मात्रै पास भएका छन् ।
उक्त नतिजामा चित्त नबुझेका अस्थायी शिक्षकले पुस २८ गते सम्म पुर्नयोगको फारम भर्न सक्ने छन् । उनीहरुको अन्र्तवार्ता भने माघ २ र ३ गतेका तय गरेको आयोगले जनाएको छ ।
प्रतिक्रिया