दाङ - विद्यार्थीको शैक्षिक भ्रमण सकेर सल्यानबाट फर्कदैं गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । अहिलेसम्म १३ पुरुष र ३ महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ५ पुरुष र ५ महिला गरी १० जना घाइते छन् । यसै बर्ष बाट घोराही उपमहानगरपालिका १७ गैरागाउँमा सञ्चालित कृष्णसेन ईच्छुक पोलिटेक्निकल ईन्स्टिच्यूटका शिक्षक विद्यार्थी शैक्षिक भ्रमणबाट फर्कदैं गर्दा दुर्घटनामा परेका हुन् ।
कलेजमा वन विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षकहरु स्थलगत अवलोकनका लागि शुक्रबार बिहान कपुरकोट गएका थिए । फर्कने क्रममा गाडी दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नयाव उपरिक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
शैक्षिक भ्रमणमा गएको बस शुक्रबार साँझ राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा दुर्घटना भएको हो । बा ४ ख ९७६६ नम्बरको उक्त बस तुलसीपुर–सल्यान सडक खण्ड अन्तर्गत राम्रीमा सडकबाट ७ सय मिटर तल खसेको छ ।
उक्त कलेज माओवादी द्धन्द्धका बेला राज्यले मारेका पत्रकार कृष्णसेन ईच्छुकको सम्झनामा स्थापना गरिएको हो ।
प्रतिक्रिया