Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

संस्कृत शिक्षामा सबै जातिको सहभागीता भएन

शुक्रबार, २१ मंसिर २०७५

काठमाडौं २१ मंसिर / काठमाडौँमा रहेका संस्कृत विषय पढाइ हुने शिक्षालयमा संस्कृत विषयको अध्ययन अध्यापनमा दलित, आदिवासी र जनजातिको सहभागिता सन्तोषजनक छैन । संस्कृत मावि रानीपोखरी, नेपाल वेद विदाश्रम वनकाली, सोमसरला संस्कृत पाठशाला गौरीघाट, स्वर्गद्वारी आश्रम पशुपति र वाल्मीकि क्याम्पस प्रदर्शनीमार्गमा शिक्षा, छात्रावास र भातभान्साको समेत व्यवस्था भए पनि उनीहरूको उपस्थिति नगण्य छ ।

नेपाल वेदविद्याश्रम वनकाली, सोमसरला गौरीघाट, स्वर्गद्धारी आश्रम पशुपतिमा त आदिवासी, दलित र जनजाति विद्यार्थी नै छैनन् । । संस्कृत छात्रावास जमलका सुपरिटेन्डेन्ट अर्जुनबाबु दाहालका अनुसार कोटा खुला भए पनि भर्ना लिने समय नाघेपछि विद्यार्थी भर्ना नगरिने भएकोले भर्ना खुल्दा यो समुदायबाट आवेदन पर्ने गरेको छैन ।

२०६३ सालमा सर्वोच्च अदालतबाट संस्कृत विद्यालयमा आदिवासी, दलित र जनजातीलाई समेत भर्ना गर्नू भन्ने आदेश भए पनि यो समुदायबाट भर्ना नै हुन नआउने गरेको भनाइ वाल्मीकि क्याम्पसका प्राचार्य डा. गणेशप्रसाद घिमिरेको छ । उहाँका अनुसार शास्त्री, उत्तर मध्यमामा केही आदिवासी, दलित र जनजाती विद्यार्थी अध्ययन गरिहेका छन्, यो कोटा अनुसार नगण्य हो ।

शास्त्री तथा उत्तर मध्यमामा १८ कोटा र आचार्यमा २६ जनाको कोटा । केही कोटा क्षत्रीका लागि थिए, तर यो कोटा कटाइएको छ । कटाइएको कोटा संस्कृत माविमा मिलान गरी ३५ जना भर्ना हुने व्यवस्था रहेको डा. घिमिरेले बताउनुभयो । नेपाल वेद विद्याश्रममा ७५ कोटालाइ बढाएर यस वर्ष १५० कोटा छात्रावासका लागि थप गरिएको छ, तर यहाँ पनि आदीवासी तथा जनजातीको भर्ना प्रवेश हुन नसकेको वेदविद्याश्रमका शिक्षकहरु बताउँछन् । सोमसरला वेदविद्याश्रम, प्रणवानन्द आश्रम र स्वर्गद्वारी आश्रममा भने यस समुदायको स्थापनाकालदेखि नै प्रवेश नभएको बताइएको छ । अवस्था यस्तो भए पनि ७५ बाट १५० कोटा पुर्याएकोमा वेदविद्याश्रम वनकालीका शिक्षक खुसी रहेको शिक्षक केशवप्रसाद अधिकारीले बताउनुभयो ।

गोरखापत्रबाट

प्रतिक्रिया