Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

आवश्यक पद भन्दा कम मात्रै अस्थायी शिक्षक पास

बुधबार, १२ मंसिर २०७५

भक्तपुर - अस्थायी शिक्षकको नतिजामा आवश्यक पद संख्या भन्दा कम मात्रै पास हुने क्रम जारी छ । शिक्षक सेवा आयोगले लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रममा बुधबार भएको निमावि अन्र्तगत सबै क्षेत्रको अँग्रेजी विषयको नतिजामा पनि आवश्यक भन्दा कम पदमा मात्रै अन्तर्वार्ताका लागि अस्थायी शिक्षक छनौट भएका छन् ।

नतिजा अनुसार विज्ञापन नम्बर २०१ र २०२ मा आवश्यक भन्दा कम मात्रै छनौट भएका छन् ।  जस अन्र्तगत पूर्वाञ्चलका लागि विज्ञापन नम्बर २०१ मा ८ पदका लागि भएकोविज्ञापनमा लिखितमा २ जना सहभागी भए पनि एक जना मात्रै उत्तीर्ण भएका छन् ।  यस्तै विज्ञापन नम्बर २०२ मा १ सय १३ पदका लागि भएको विज्ञापनमा लिखितमा सहभागी ५८ जना मध्ये ४० जना मात्रै पास भएका आयोगले जनाएको छ । विज्ञापन नम्बर २०३ मा भने ६५ पदका लागि भएको विज्ञापनमा १ सय २४ जनाले लिखित परीक्षा दिएकोमा ८१ जना पास भएका छन् ।

यस्तै पश्चिमाञ्चलका लागि भएको विज्ञापन नम्बर २०२ का लागि १ सय २२ जना माग गरिए पनि लिखित परीक्षामा सहभागी ७९ जना मध्ये ५१ जना मात्रै पास भएका छन् । यही क्षेत्रको विज्ञापन नम्बर २०३ का लागि ८३ पदसंख्या माग भएकोमा १ सय ८५ लिखितमा सहभागी भएका र १ सय १ जना अन्तर्वार्ताका लागि छनौट भएका छन् । मध्य पश्चिमाञ्चलका लागि विज्ञापन नम्बर २०२ मा ६४ पदका लागि लिखितमा सहभागी भएका ३८ जना मध्ये २८ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै विज्ञापन नम्बर २०३ का लागि ४० पदमा ८२ जना लिखितमा सहभागी भएकामा ५० जना पास भएका छन् । विज्ञापन नम्बर २०२मा सुदुरपश्चिमका लागि ३० पदका लागि भएको परीक्षामा १४ जना लिखितमा सहभागी भएका मध्ये १० जना छनौट भएका छन् । यस्तै विज्ञापन नम्बर २०३ मा १८ पदका लागि आयोग खुलेकोमा लिखितमा सहभागी ४० मध्ये २३ जना मात्रै छनौट भएका छन् ।

मध्यमाञ्चलका लागि विज्ञापन नम्बर २०१ मा २ पदका लागि भएको परीक्षामा १ जना लिखितमा सहभागी भएपनि पास हुन नसकेको आयोगले जनाएको छ । विज्ञापन नम्बर २०२मा ८१ पदका लागि ३० जनाले लिखित परीक्षा दिएए पनि १८ जना मात्रै पास भएका छन् । विज्ञापन नम्बर ३०३ मा ९२ पदका लागि १ सय ५० ले लिखित दिएकोमा ८९ जना मात्रै पास भएका छन् ।

पूर्वाञ्चल, मध्यमाञ्चल र पश्चिमाञ्चलको अन्तर्वार्ता पुस १२ र १३ गते, मध्यपश्चिमको ११ र १२ गते तथा सुदुरपश्चिमको ११ गते हुने आयोगले जनाएको छ ।

यी सामग्री पनि पढ्नुहोस् :

अस्थायी शिक्षकको नतिजा सार्वजनिक, असफलको संख्या धेरै

अस्थायी शिक्षकको नतिजा 'कन्तविजोग', 'गोल्डेन ह्याण्डसेक' लिनेको संख्या बढ्ने संकेत

अस्थायी शिक्षकको नतिजा : अन्तर्वार्तामा छनौट नहुने क्रम जारी

प्रतिक्रिया