Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

अस्थायी शिक्षकको नतिजा : अन्तर्वार्तामा छनौट नहुने क्रम जारी

मंगलबार, ११ मंसिर २०७५

भक्तपुर - अस्थायी शिक्षकको नतिजा सार्वजनिक गर्ने क्रममा शिक्षक सेवा आयोगले मंगलबार निमावि तहको कम्प्युटर, गणित र विज्ञान विषयको नतिजा सार्वजनिक गरेको छ । पश्चिम, मध्य पश्चिम र सुदुर पश्चिमको कम्प्युटर  तथा पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्य पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चलको विज्ञान विषयको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ ।

पहिलो दिन जस्तै मंगलबार पनि अन्र्तवार्तामा छनौट नहुने क्रम जारी छ । नतिजा अनुसार पश्चिमाञ्चलमा विज्ञापन नम्बर २०१ अन्र्तगत विज्ञान विषयमा ७ पद माग भएकोमा परीक्षामा २ जना सहभागी भए पनि कोही पनि सफल हुन सकेनन् । सुदुर पश्चिमाञ्चलमा पनि विज्ञापन २०१ मा अन्र्तवार्ताका लागि कोही छनौट हुन सकेनन् । ५ पदका लागि भएको परीक्षाको लिखितमा ३ जना सहभागी भए पनि कोही पास नभएका हुन् ।

यस्तै मध्य पश्चिमाञ्चलमा विज्ञापन नम्बर २०१ मा २ पदका लागि आयोग खुले पनि लिखित परीक्षामा एक जना पनि सहभागी नभएका आयोगले जनाएको छ । यसैगरी विज्ञान विषयमै पूर्वाञ्चलका लागि विज्ञापन नम्बर २०१ मा १६ पदमा लिखित परीक्षामा ७ जना सहभागी भए पनि कोही पनि पास हुन सकेनन् ।

नतिजा अनुसार विज्ञान विषयको विज्ञापन नम्बर २०२ मा पश्चिमाञ्चलमा ४० पदका लागि आयोग खुले पनि परीक्षामा २८ जना मात्रै सहभागी भएका थिए । ती मध्ये पनि १६ जना मात्रै पास भएका छन् । सोही क्षेत्रको सोही विषयमा विज्ञापन नम्बर २०३ मा ३५ जना का लागि परीक्षामा ५२ जना सहभागी भए पनि ३२ जना मात्रै पास भएका छन् । यस्तै मध्यपश्चिमाञ्चलको विज्ञापन नम्बर २ सय २ मा २६ पदका लागि परीक्षामा २९ जना सहभागी भएका तर सात जना मात्रै पास भएका छन् । सोही क्षेत्रको सोही विषय अन्र्तगत विज्ञापन नम्बर २०३ मा ११ पदका लागि २१ जनाले जाँच दिए पनि १४ जना मात्रै पासभएका छन् । सुदुर पश्चिमको विज्ञापन नम्बर २०२ मा १७ पदका लागि २० जना परीक्षामा सहभागी भएका र ८ जना मात्रै पास भएका छन् । यस्तै विज्ञापन नम्बर २०३ मा ५ पदका लागि ७ जना परीक्षामा सहभागी भएका र ६ जना मात्रै पास भएका छन् ।

विज्ञान विषयकै लागि पूर्वाञ्चलमा विज्ञापन नम्बर २०२ का लागि ६५ पदमा परीक्षामा सहभागी हुने ५७ अस्थायी शिक्षक मध्ये २० जना मात्रै पास भएका छन् । सोही क्षेत्रको सोही विषयको विज्ञापन नम्बर २०३ मा ३५ पदका लागि ५२ जना परीक्षामा सहभागी भए पनि २९ जना मात्रै पास भएका छन् । यस्तै मध्यमाञ्चलको विज्ञापन नम्बर २०१ का लागि १० पदमा ७ जना परीक्षामा सहभागी भएको र १ जना मात्रै अन्तर्वार्ताका लागि छनौट भएका छन् । विज्ञापन नम्बर २०२ मा ८४ पदमा ६९ जना परीक्षामा सहभागी भएको र २१ जना मात्रै पास भएका छन् । यस्तै विज्ञापन नम्बर २०३ मा ३७ पदमा ६२ जना परीक्षामा सहभागी भएका मध्ये ४७ जना मात्रै पास भएका छन् ।

कम्प्युटर विज्ञान अन्र्तगत मध्यमाञ्चलको विज्ञापन नम्बर २०३ मा एक जनाका लागि खुलेको आयोगमा परीक्षामा सहभागी १ जना पास भएका छन् ।

विज्ञापन नम्बर २०२ को गणित विषयमा पश्चिमाञ्चलमा ९९ पदका लागि ७६ जना परीक्षामा सहभागी भए पनि ५९ जना मात्रै पास भएका छन् ।  सोही विषय अन्र्तगत विज्ञापन नम्बर २०३ मा ५५ पदका लागि १०२ जना परीक्षामा सहभागी भएपनि ६७ जना मात्रै पास भएका छन् । मध्यपश्चिममा विज्ञापन नम्बर २०१ मा ५ पदका लागि २ जना परीक्षाम सहभागी भएकोमा १ जना मात्रै पास भएका छन् । यस्तै विज्ञापन नम्बर २०२ मा ४० पदका लागि २० जना परीक्षामा सहभागी भए पनि ११ जना मात्रै पास भएका छन् । विज्ञापन नम्बर २०३ मा १६ पदका लागि ४२ जना सहभागी भएकोमा २२ जना मात्रै पास भएका छन् ।

यस्तै सुदुरपश्चिममा विज्ञापन नम्बर २०१ मा ७ जनाका लागि ४ जना परीक्षामा सहभागी भएका र २ जना मात्रै पास भएका छन् । विज्ञापन नम्बर २०२ मा १८ पदका लागि १२ जना परीक्षामा सहभागी भए पनि १० जना मात्रै पास भएका आयोगले जनाएको छ । सोही विषयमा विज्ञापन नम्बर २०३ का लागि सुदुरपश्चिममा १९ पदका लागि ३१ जना सहभागी भएकामा २४ जना पास भएका छन् ।
उनीहरुका अन्तर्वार्ता पुस ११ गते सम्बन्धित क्षेत्रका शिक्षा विकास निर्देशनालयमा विहान ८ र दिउँसो १ बजे गरी दुई सिफ्टमा हुने आयोगले जनाएको छ ।

यो पनि पढ्नुहोस् : अस्थायी शिक्षकको नतिजा 'कन्तविजोग', 'गोल्डेन ह्याण्डसेक' लिनेको संख्या बढ्ने संकेत

प्रतिक्रिया