Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

शिक्षा मन्त्रीद्धारा सम्झौता रद्ध

आइतबार, ०९ मंसिर २०७५

काठमाडौं - भक्तपुर स्थित सानोठिमी क्याम्पसले जग्गा भाडामा लगाउँदा अनियमितता भएको ठहर साथ शिक्षा मन्त्री गिरिराजमणि पोेखरेलले उक्त जग्गा भाडा सम्झौता रद्ध गर्ने निर्णय गरेका छन् । पेप्सीकोला ठिमी जाने मुख्य सडक सँगै जोडिएको १३ रोपनी जग्गा क्याम्पसले नेकपाका नेताहरुको लगानी रहेको प्राणनाथ क्याफेलाई न्यून दरमा भाडामा लगाएको खबर सार्वजनिक भएको थियो । आईतबार मन्त्री स्तरीय निर्णय गर्दै पोखरेलले उक्त सम्झौता रद्धको निर्णय गरेका उनको सचिवालयले जनाएको छ ।  

तत्कालिन श्री ५ को सरकार शिक्षा, संस्कृति तथा समाज कल्याण मन्त्रालय भण्डार तथा सम्पती व्यवस्थापन शाखाले २०५२ असार २३ को निर्णयानुसार क्याम्पसलाई उक्त जग्गाको स्वमित्व नेपाल सरकारमा नैं रहने गरी बेचबिखन, हक हस्तान्तरण, दान दातव्य गर्न नपाउने गरी भोग चलन सम्म गर्न दिने निर्णय गरेको थियो । तर क्याम्पसले गैह्र कानुनी ढंगले प्रतिरोपनी मासिक ५ सय ९७ रुपैयाँमा भाडामा लगाए पछि उक्त कार्यको चौतर्फि विरोध भएको थियो ।

क्याम्पस र क्याफेबीच असोज २२ मा भएको उक्त सम्झौतामा क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले हस्ताक्षर गरेका थिए । निर्णय गुपचुपमा भएको भन्दै क्याम्पसका विद्यार्थी, अभिभावक र केही प्राध्यापकहरुले नै आपत्ति जनाउँदै आएका थिए । यस अघि क्याम्पसले खासै चर्चामा नआएको पत्रिकामा वार्षिक ७ हजार रुपैयाँमा नघट्ने गरी भाडामा दिने सूचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया