डोटी - पूर्विचौकी गाउँपालिका जोशीगाउँ स्थित दुर्गा माध्यमिक विद्यालय स्थापना गरेका स्व. खडक राज जोशीको स्मृतीमा १० लाखको अक्षयकोष स्थापना गरिएको छ । जोशीका छोरा भक्तराज जाशीले आफ्ना बुवाको योगदानलाई चीर स्थायी राख्न भन्दै सोही विद्यालयमा अक्षयकोष खोलेका हुन् । उक्त कोषको ब्याज रकमबाट एसईई सकेका जेहेन्दार, विपन्न र असहाय विद्यार्थीलाई एसईई पछिको अध्ययनका लागि छात्रवृत्ति दिने गरी विद्यालयले कार्यविधि बनाएको छ ।
२०१६ सालमा चन्द्रभान चयडा, गगनसिंह रावत र साइमल धामि सहितको सहयोगमा जोशीले उक्त विद्यालय स्थापना गरेका थिए ।
'गाउँमा विद्यालय खोलेर शिक्षाको ज्योती फिँजाउनु पर्छ भन्ने बुवाको अवधारणालाई जिवन्त राख्न उक्त कोष स्थापना गर्ने निर्णय गरेको हुँ' जोशीले भने, 'उतिखेर विद्यालय नै नभएका बेला बुवाले विद्यालय खोल्नु भयो, अहिले आर्थिक रुपमा कमजोर भएकै कारणले पढ्न नपाउने अवस्था अन्त्य गर्न मैले उहाँकै सम्झनामा अक्षयकोष स्थापना गरेको हुँ ।'
उक्त कोषले यस भेगका विपन्न र जेहेन्दार विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरेको जोशीले बताए ।
यस अघि जोशीले सोही पालिकाको सानागाउँ स्थित सरस्वती माध्यामिक विद्यालयलाई माईक्रो बस प्रदान गरेका थिए ।
पढ्नुहोस् : सामुदायिक विद्यालयलाई 'माईक्रो बस', कमाई रकम शिक्षक तलबलाई
फोटो : चक्र कुँवर
प्रतिक्रिया