काठमाण्डौ, ८ कार्तिक उच्च माध्यामिक शिक्षा परिषदका पूर्व सदस्य तथा सचिव एवंम शिक्षाविद प्रा. डा. श्रीराम लामिछानेको ६६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ ।
लामिछाने त्रिवि शिक्षा विकास तथा अनुसन्धान केन्द्रको प्रमुख काम गरेका उनी लामो समयदेखि पेट सम्बन्धी रोगमा कारण बिरामी परेका थिए ।
उनको गत मंगलबार फूलपातीको दिन निधन भएपनि छोरा विदेशमा रहेकाले दुईदिन ढिलो गरी बिहीबार मात्रै अन्त्यष्टी गरिएको थियो ।
अनौपचारिक शिक्षामा विशेषज्ञता प्राप्त गरेका शिक्षाविद लामिछान हाल त्रिविमा अध्यापन गराइरहेका थिए ।
(कान्तिपुर दैनिकमा प्रकाशित)
प्रतिक्रिया