काठमाडौं १२ कात्तिक / डोटी जिल्लामा शिक्षकले नै यौन शिक्षा सम्बन्धी खुलेर कुरा नगर्ने गरेको गुनासो विद्यार्थीले गरेका छन् ।
विद्यार्थी जान्न खोज्ने र जिज्ञासा राख्दा पनि शिक्षकले विद्यार्थीका जिज्ञासाको समाधान गर्न नसकेको गुनासो आउने गरेको कुरा २४ औं राष्ट्रिय कन्डम दिवसको अवसरमा डोटी जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरिएको अन्तत्र्रिmया कार्यक्रममा सहभागी वक्ताले बताएका छन् । सो अवसरमा असुरक्षित गर्भपतन र यौनजन्य रोगको सङ्क्रमण कम गर्न कन्डमको सहज पहुंँच हुनुपर्ने कुरामा जोड दिइएको छ ।
कन्डमको सहज पहुँच हुन नसक्दा अझै पनि असुरक्षित रूपमा हुने यौन सम्पर्कका कारण विभिन्न किसिमका समस्या आइरहेको कार्यक्रममा सहभागीले बताएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, डोटी लगायत स्वास्थ्य क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाको संयुक्त आयोजनामा सम्पन्न भएको अन्तत्र्रिmया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय, डोटीका निमित्त प्रमुख डा. भुषण मिश्रले कन्डम प्रयोगको विषयलाई लिएर विभिन्न खालका भ्रम रहेको भए पनि यौनजन्य रोगको रोकथाम लगायत परिवार नियोजनको उपयुक्त साधन कन्डम नै भएको दाबी गर्नुभयो । निमित्त प्रमुख डा. मिश्रले भन्नुभयो, कन्डमको विषयमा विभिन्न किसिमका भ्रम चिर्नका लागि भए पनि सबै सरोकारवालाले जनचेतनातर्फ जोड दिनु जरुरी छ ।
विद्यालयस्तरमा प्रजनन् स्वास्थ्य विषय अध्यापन गराउँदा शिक्षकले समेत लाज मान्नुपर्ने अवस्था विद्यमान रहेको छ । नेपाल परिवार नियोजन सङ्घ, डोटी शाखामा साथी शिक्षकका रूपमा कार्यरत राजु घलेका अनुसार विद्यालयस्तरमा शिक्षकले पाठ्यपुस्तकमा भएको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी विषयवस्तु राम्रोसँग पढाउने नगरेको गुनासो विद्यालयस्तरका विद्यार्थीबाट आउने गरेको बताउनुभयो । साथी शिक्षक घलेले भन्नुभयो, हामीले विद्यालयमा क्लास लिन जाँदा धेरै विद्यार्थी भाइबहिनीले आफ्ना थुप्रै जिज्ञासा शिक्षकबाट पूरा नहुने गरेको गुनासो गरेका छन् । यस विषयमा शिक्षकलाई समेत तालिमको आवश्यकता छ । विभिन्न किसिमका रुढीवादी परम्परा र यौन सम्बन्धी विषयमा सङ्कुचित भावनाका कारण कन्डमको प्रयोग र पहँुचमा अझै सहजता हुन सकेको छैन ।
गोरखापत्रबाट
प्रतिक्रिया