Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

विपन्नलाई प्राविधिक शिक्षा

बुधबार, ०७ कार्तिक २०७५

काठमाडौं ७ कात्तिक / मोरंगको बेलबारी नगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विपन्न, गरिब तथा जेहेन्दार ३४ छात्रछात्रालाई प्राविधिक विषय पढाइरहेको छ । नयाँ पत्रिकाका अनुसार नगरपालिकाले मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीसँग सहकार्य गरी उनीहरूलाई पठन–पाठनको व्यवस्था मिलाएको हो ।

उनीहरूलाई नगरपालिकाले सिएमए, अनमी, सिभिल सबओभरसियर, भेटेरिनरी जेटिए, कृषि डिप्लोमा (बाली विज्ञान), कृषि डिप्लोमा (पशु विज्ञान), सामान्य चिकित्सा प्रमाणपत्र तह नर्सिङ, डिप्लोमा इन सिभिललागायत विषय अध्ययनमा सहयोग गरिरहेको छ । नगरपालिकाले शैक्षिक ऋण उपहार कार्यक्रममार्फत उनीहरूलाई पढाएको हो ।

स्थानीय तहमै दक्ष जनशक्ति उत्पादन गर्न विद्यार्थीमाथि लगानी गरेको नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए । आर्थिक अभावकै कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोऊन् भनेर मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालसँगको सहकार्यमा कोषको स्थापना गरिएको मेयर सुवेदीले बताए । पठन–पाठनका लागि नगरपालिकाले १० लाखको कोष स्थापना गरेको छ ।

नयाँ पत्रिकामा छापिएको खबर ।

प्रतिक्रिया