Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
अन्तैवाट

सर्वोच्चको आदेशले विद्यार्थी भर्ना अन्योल

आइतबार, २१ असोज २०७५

काठमाडौं २१ असोज / सर्वोच्च अदालतले एमबिबिएसमा भर्ना अघि नबढाउन अन्तरिम आदेश दिएपछि विद्यार्थी अन्योलमा परेका छन् । नयाँ पत्रिकाका अनुसार रेश्मा बानियाँले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले विद्यार्थी भर्ना तत्काल नगर्न आदेश जारी गरेको थियो । परीक्षामा अनियमितता भएकाले भर्ना रोक्न माग गर्दै रिट दायर गरेको रेश्माले बताएकी छिन् । 

चिकित्साशास्त्र अध्ययन संस्थानले स्नातक तहअन्तर्गत मेडिसिन सर्जरी, डेन्टल, फार्मेसी, पब्लिक हेल्थ, नर्सिङ अध्ययनका लागि भर्ना खोलेको थियो । १५ हजारले प्रवेश परीक्षा दिएकामा १ हजार ७३७ जना उत्तीर्ण भएका थिए । एक सय नम्बरको पूर्णांक रहेको परीक्षामा ५० नम्बर कटाउने परीक्षार्थीले मात्रै भर्ना हुन पाउने प्रावधान छ ।

५८५ जनाको सिट संख्या रहेकामा परीक्षामा उत्तीर्ण विद्यार्थीलाई मेरिटको आधारमा मात्रै भर्ना लिइन्छ । कसले कति नम्बर प्राप्त गरे भन्ने तुरुन्त थाहा हुन्छ । सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा २१ असोजमा दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सर्वोच्चको आदेशले आइओएमका विद्यार्थी भर्ना अन्योल शिर्षकमा नयाँ पत्रिकामा प्रकाशित खबर । 

प्रतिक्रिया