काठमाडौं २६ भदौ / अपराध न्यूनीकरण गराउन जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सोमबारबाट १ महिने विद्यालयस्तरीय प्रहरी अभियान सुरु गरिएको छ । जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनीका अनुसार सिन्धुपाल्चोकका पाँच सय २४ विद्यालयका ३५ हजार विद्यार्थीको माझ सो कार्यक्रम पु¥याउने बताउनुभयो । बालबालिका र विद्यार्थीमाथि दुव्र्यवहार बढेको गुनासो आएपछि प्रहरी साथी बनेर स्कुल–स्कुल पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक मरासिनीले यौन हिंसा, लागूऔषध, सवारी दुर्घटना न्यूनीकरणका लागि स्कुल–स्कुल पुगेर विद्यार्थीसँग हातेमालो गरी अपराध घटाउन सो अभियान थालिएको बताउनुभयो । विद्यार्थीमा जनचेतना बढाई विद्यार्थीमार्फत अपराध घटाउने अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।
श्री कृष्ण रत्नगङ्गा माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक, जनप्रतिनिधि र शैक्षिक क्षेत्रका प्रतिनिधिहरूलाई सोमबार सहभागी गराएर अभियान सुरु गरिएको मरासिनीले जानकारी गराउनुभयो । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोेकका प्रमुम गौरीशंकर पाण्डेले अपराध घटाउन विद्यार्थीसँग प्रहरी पुग्नु उचित भएको बताउनुभयो ।
विद्यार्थीमाथि भएको दुव्र्यवहार बाहिर कम आउने गरेको, बाहिर आउन खोजे जनप्रतिनिधिले आफै मिलाउने प्रयास बढेको उहाँले चर्चा गर्नुभयो । जनप्रतिनिधिलाई विद्यार्थीको अभिभावकत्व निर्वाह गर्न पनि उहाँले सुझाव दिनुभयो ।
चौतारा नगरपालिका प्रमुख अमानसिंह तामाङले प्रहरीको अभियानमा नगरपालिका र सबै जनप्रतिनिधिले साथ दिने प्रतिबद्धता जनाउनुभयो । जिल्ला प्रहरी कार्यालयले सिन्धुपाल्चोकका १२ वटै गाउँ, नगरपालिकाका प्रमुख, सुरक्षाकर्मी लगायतसँग बालबालिकामाथि हुने दुव्र्यवहार, लागू औषध, सवारी दुर्घटना न्यूनीकरणका विषयमा सोमबार नै अन्तक्र्रिया पनि गरेको छ ।
गोरखापत्रमा चित्र मिजारले लेखेका छन् ।
प्रतिक्रिया