Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

मन्त्रीको निजी सचिवकै वक्तब्यले सेलायो शिक्षकको झोंक !

शनिबार, २३ भदौ २०७५

काठमाडौं - आफूहरुलाई पुरस्कार नदिएको झोंकमा शिक्षा मन्त्रालय र अन्र्तगत आयोजित शिक्षा दिवसका कार्यक्रम वहिष्कार गर्ने घोषणा गरेको शिक्षक महासंघ पूर्व अडानबाट पछि हटेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेललको निजी सचिवालयको वक्तब्यले शिक्षकको झोंक सेलाएको हो ।

यो पढ्नुहोस् : शिक्षा मन्त्रालयको कार्यक्रम वहिष्कार गर्ने शिक्षक महासंघको घोषणा, पुरस्कार नपाएको झोंक

शिक्षक महासंघको चासो प्रति सचिवालय गम्भिर भएको भन्दै मन्त्रालयका उपसचिव तथा मन्त्रीका निजी सचिव पुष्प ढकालले जारी गरेको बक्तब्य पछि महासंघले यस अघिको आफ्नो निर्णय हाललाई स्थगित गरिएको जनाएको छ ।

शुक्रबार ढकालले जारी गरेको वक्तब्यमा प्रशासनिक सक्रमणको वर्तमान परिवेशमा उत्कृष्टताको पहिचानका मापदण्ड तथा कार्यविधि निर्माण र सोको आधारमा सही ब्यक्तिको छनौट गर्ने कार्यको निम्ति समय कमी र छनौट गर्ने स्वरुपको पनि अन्यौलता भएको उल्ल्ेख गरिएको छ । त्यसैले उत्कृष्ट शिक्षक अभिभावक, ब्यवस्थापक, कर्मचारी, शिक्षाप्रेमी, आदी छनौट गरी पुरस्कृत गर्न नसकिएको तर्क गरिएको छ ।
यस विषयमा उच्चस्तरीय शिक्षा आयोगको सिफारिस तथा सम्बद्ध पक्षहरुको राय सुझाव, समेतको आधारमा वैज्ञानिक बस्तुगत मापदण्ड निर्माण गरी कुनै महत्वपूर्ण अवसरमा सम्मानित तथा पुरस्कृत गर्ने ढकालद्धारा जारी वक्तब्यमा उल्लेख छ ।

त्यस लगत्तै महासंघका केही पदाधिकारीहरुको आकस्मिक अनौपचारिक बैठकको हवाला दिदैं महासंघका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीद्धारा जारी विज्ञप्तिमा 'शिक्षा दिवसका कार्यक्रमहरुमा उपस्थित नहुने भनी गरिएको निर्णय हाललाई स्थगित गरिएको' उल्लेख छ ।

शिक्षा मन्त्रालयले जारी गरेको सरोकार वक्तब्य तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल तथा शिक्षा सचिव खगराज बरालसँग भएको प्रत्यक्ष सम्वाद तथा छलफल अनुसार शिक्षा मन्त्रालयले शिक्षक आन्दोलनले अघि सारेका माग सम्बन्धमा छलफल तथा सम्बोधन गर्न भदौ २६ गते मंगलबारबाट शैक्षिक संवाद तथा समन्वय समितिको बैठक राख्ने तथा सोही बैठकमा छलफल गरी शिक्षक, शिक्षासेवी तथा शिक्षा सरोकारका सबै समूहको पुरस्कार तथा सम्मान समेतको निर्णय गरी अघि बढ्ने आन्तरिक सहमती भएको महासंघको उक्त विज्ञप्तिमा उल्लेख छ ।

समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार, दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार भन्ने नाराका साथ शनिबार ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तराष्ट्रिय साक्षरता दिवस मनाईदै छ । दिवसका अवसरमा राष्ट्रपतिले राष्ट्रपति कार्यालयमा विभिन्न विद्यार्थीलाई विद्याभुषण प्रदान गरेकी छन् भने दिउँसो प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा मूल समारोह हुने छ ।

३ सय ८४ विद्यार्थीलाई पदक, धेरै संख्या विद्यावारिधिको

देशभरबाट पुरस्कृत विद्यालयको नाम सार्वजनिक

शिक्षा दिवसका अवसरमा ५ प्राथमिकता सार्वजनिक

प्रतिक्रिया