Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

देशभरबाट पुरस्कृत विद्यालयको नाम सार्वजनिक

बुधबार, २० भदौ २०७५

काठमाडौं - शिक्षा दिवसको अवसरमा पुरस्कृत नौ विद्यालयको नाम शिक्षा मन्त्रालयले सार्वजनिक गरेको छ । कक्षा १० र १२ सम्म पठन पाठन हुने सामुदायिक र संस्थागत विद्यालयको नाम सार्वजनिक गरिएको हो ।

जस अनुसार माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा १२ मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने सामुदायिक तर्फ पोखराको आरसिंह मावि, काठमाडौंको विश्व निकेतन मावि र ललितपुर चापागाउँको बज्रबराही मावि रहेका छन् । यसै गरी उक्त समूह अन्र्तगत संस्थागत तर्फ एस.ओ.एस. हरमन माइनर मावि भक्तपुर, एभरेष्ट ईङ्लिस बोडिङ् स्कुल विराटनगर र नेशनल सेकेण्डरी स्कुल इमाडोल, ललितपुर रहेका छन् । 

यस्तै माध्यमिक शिक्षा परीक्षा कक्षा १० अन्र्तगत राष्ट्रियस्तरमा उत्कृष्ट हुने सामुदायिक तर्फ पोखराकै शितलादेवी सामुदायिक मावि, ललितपुर पुल्चोकको त्रिपद्म विद्याश्रम र बुटवलको कालिका मावि रहेका छन् । यही समूह अन्र्तगत संस्थागतमा पोखराकै मदरल्याण्ड मावि, ललितपुरको जेम्स मावि र काठमाडौं शंखमूलको ज्ञान निकेतन मावि रहेका मन्त्रालयले जनाएको छ । उक्त विद्यालयहरुको छनौट मन्त्रालयले यस अघि नै स्विकृत गरेको मापदण्डका आधारमा भएको मन्त्रालयले जनाएको छ । 

आगामी २३ गते परेको ३९ औं राष्ट्रिय शिक्षा दिवस र अन्र्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा ती विद्यालयहरुलाई पुरस्कृत गरिने छ । 

 

प्रतिक्रिया