Edukhabar
मंगलबार, ०४ मंसिर २०८१
खबर/फिचर

३ सय ८४ विद्यार्थीलाई पदक, धेरै संख्या विद्यावारिधिको

बुधबार, १३ भदौ २०७५

काठमाडौं - यस बर्ष ३ सय ८४ जना विद्यार्थीले नेपाल विद्याभूषण तथा नेपाल छात्रा विद्या पदक प्राप्त गर्ने भएका छन् । जस अन्र्तगत विद्यावारिधि गरेका विद्यार्थीलाई प्रदान गरिने  क श्रेणीको नेपाल विद्याभुषण पदक प्राप्त गर्ने विद्यार्थीको संख्या सबै भन्दा धेरै छ । देश तथा विदेशका विभिन्न विश्वविद्यालयबाट विद्यावारिधि गरेका २ सय ३१ जनाले उक्त पदक पाउने गरी शिक्षा मन्त्रालयले सिफारिस गरेको छ । 

स्नताकोत्तर तहमा विशिष्ट श्रेणी तथा प्रथम भएका विद्यार्थीलाई प्रदान गरिने ख श्रेणीको नेपाल विद्याभुषण पदक प्राप्त गर्ने विद्यार्थीको संख्या १ सय १८ छ । यस्तै स्नताक तहमा विशिष्ट श्रेणी तथा प्रथम भएका विद्यार्थीलाई प्रदान गरिने ग श्रेणीको नेपाल विद्याभुषण पदक प्राप्त गर्ने विद्यार्थीको संख्या १७ छ । 

स्नातक तर्फ नै नेपाल छात्रा विद्यापदक पाउने विद्यार्थी १७ जना छन् । प्रमाणपत्र तह वा माध्यमिक तह तर्फ नेपाल छात्रा विद्यापदकका लागि भने एक जना मात्रै छात्राको नाम सिफारिस भएको छ ।  भक्तपुरकी सुस्मिता थापाले उक्त पदक पाउने छिन् । उनी २०७४ सालमा त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत प्रमाणपत्र तहमा छात्रा तर्फ प्रथम भएकी हुन् । 

राष्ट्रिय शिक्षा दिवसको अवसरमा उक्त पदक प्रदान गरिन लागेको हो । यसका लागि भदौ २१ गते विहान ११ बजे देखि ३ बजेसम्म शिक्षा मन्त्रालयको उच्च शिक्षा शाखामा सम्पर्क गर्न भनिएको छ । दिवसको औपचारिक कार्यक्रम भने भदौ २३ गते तदनुसार सेप्टेम्बर ८ मा मनाईन्छ । 

पदक पाउने विद्यार्थीको नाम यहाँ हेर्नुहोस् :

उल्लेखित नामावलीमा नाम र विवरणमा फरक देखिएमा भदौ १४ गते सम्म सम्पर्क गर्न मन्त्रालयले सूचित गरेको छ । 

प्रतिक्रिया