काठमाडौं ६ भदौ / मातृभाषामा शिक्षा पाउने अधिकारलाई सुनिश्चत गर्न पाठ्यक्रम विकास केन्द्रले २५ मातृ भाषामा विभिन्न कक्षाका पाठ्य सामग्री विकास गरी पाठ्यपुस्तक तयार पारेको छ।
पाठ्यक्रम विकास केन्द्रले ४८ औं वार्षिकोत्सवमा केन्द्रका कार्यकारी निर्देशक कृष्णप्रसाद काप्रीले जनाए अनुसार मातृभाषामा पठनपाठन गराए नानीहरुको सिकाइ उपलब्धि वृद्धि हुने मान्यतामा आधारित भएर केन्द्रले यस वर्ष कक्षा १ देखि ५ सम्म मैथिली, भोजपुरी, अवधि, तामाङ, लिम्बु, बान्तवा राई, चाम्लिङ् राई, शेर्पा, गुरुङ, मागर (ढुट), नेवार (नेपाल भाषा), थारु, सुनुवार, राजवंशी, याक्खामा पाठ्यपुस्तक तयार भएको छ।
यसैगरी कक्षा १ देखि ५सम्मकै मुगाली, तामाङ (सम्बोटा), मगर (धिमाल भाषाका पाठ्यपुस्तक तयार भएको छ भने कक्षा १ को थारु (मध्यक्षेत्र), कक्षा १ देखि ३ सम्मको बज्जिका, कक्षा १ देखि २ सम्मको कुलुङ र चेपाङ भाषाको कक्षा १ को पाठ्यपुस्तक तयार गरेको केन्द्रले जनाएको छ । यसै वर्षदेखि यी भाषाका कक्षाहरुमा सम्बन्धित क्षेत्रमा पठनपाठनका लागि पाठ्यपुस्तक पठाइने उनले बताए।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न केन्द्रको ४८ औं वार्षिकोत्सवमा निर्देशक काप्रीले केन्द्रले यस वर्ष हासिल गरेको उपलब्धिबारे जानकारी गराएका थिए ।
नागरिकमा रूबी रौनियारले लेखेको खबर ।
प्रतिक्रिया