Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

सामुदायिक विद्यालयले सुरु गर्‍याे सिसी क्यामेराको निगरानीमा पढाई

आइतबार, ०३ भदौ २०७५

काठमाडौं ३ भदौ / लमजुङ् जिल्लाको बेँसीसहर नगरपालिका, ११ चितीमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा सिसी क्यामेराको निगरानीमा पढाई सुरु भएको छ । शिक्षक र विद्यार्थीको अनुशासित गराउन सिसी क्यामेरा राखेको प्रधानाध्यापक अशोक कुमार श्रेष्ठले बताए । उनका अनुसार विद्यालयमा आठ वटा क्यामरा जडान गरिएको छ ।

नयाँ पत्रिकाका अनुसार तत्कालीन जिल्ला शिक्षा कार्यालयको सहयोगमा क्यामरा किनिए पनी बिहीबार मात्र जडान गरिएको हो । विद्यालयको पुस्ताकालय, लेखा शाखा, कम्प्युटर ल्याब, कम्पाउण्ड घेर्ने गरी तीन ठाउँसहित कक्षा १० मा क्यामरा जडान गरिएको हो । श्रेष्ठले भने, ‘अब केही समयपछि सबै कक्षामा क्यामेरा जडान गरिने योजना रहेको छ ।’

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष शिवप्रसाद जोशीले गुणस्तरीय शिक्षामा विकास हुने विश्वस गरेका छन् । उनले भने, ‘पढाईमा अनुशासन, मर्यादित तथा शैक्षिक वातावरण निर्माणमा सहयोग पुर्याउन सिसी क्यामेरा जडान गरिएको हो ।’

विद्यालयमा हाल चार सय विद्यार्थी अध्यानरत छन् । विद्यालयमा चालु शैक्षिक सत्र ०७५/०७६ देखि सिभिल इन्जिनियरिङ (ओभरसियर)को पढाई पनि सुरु गरिएको जोशीले बताए ।
सिसी क्यामेरा जडान कार्यक्रम गण्डकी प्रदेश सभा सदस्य धनञ्जय दवाडीले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘विद्यार्थीका गतिविधि, शिक्षकको समय तालिका लगायत निगरानी गर्न सहज हुनाले विद्यालयलाई मर्यादित बन्न सहयोग हुनेछ ।’

नयाँ पत्रिकामा शान्ता कमलीले लेखेको खबर । 

प्रतिक्रिया