Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

चीनले दिएको नर्सिङ छात्रवृत्ति रोकियो

शनिबार, ०२ भदौ २०७५

काठमाडौं २ भदौ / चीन सरकारले उपलब्ध गराउँदै आएको नर्सिङ छात्रवृत्ति कोटा रद्द भएको छ । अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले आफ्नो मान्छे पठाउन नपाएपछि कोटार रद्द गरेको आरोप नेपाल नर्सिङ संघले लगाएको छ । चीन सरकारलाई दुवै मन्त्रालयले पत्र पठाएर यही वर्षबाट कोटा रद्द गरिएको जानकारी गराएका छन् ।

नेपाली नर्सहरूको क्षमता र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१७ देखि पाँच वर्षका लागि एमएसी (मास्टर) अध्ययन गराउन नर्स लैजाने सम्झौता भएको थियो । दुई देशका सरकारबीच सन् २०१७ देखि २०२१ सम्म प्रत्येक वर्ष २५—२५ जना नर्स लैजाने सहमति थियो । तर, सम्झौताको एक वर्ष बित्न नपाउँदै अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयले कोटा रद्द गरेका छन् ।

नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले कोटा रद्द हुनु दुःखद भएको बताइन् । कोटा रोकिएपछि कसरी पुनः सम्झौता अगाडि बढाउने भन्नेबारे चीन सरकारसँग संघले छलफल गरिरहेको उनले बताइन् ।

आफन्त पठाउन नपाएपछि कोटा नै रद्द

स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयले गत वर्ष पनि विद्यार्थी पठाउने वेला सार्वजनिक सूचना जारी गरेका थिएनन् । मन्त्रालयभित्रै सूचना जारी गरेका उनीहरूले २५ जनाको कोटामा करिब १० जना मात्रै पठाउने तयारी गरेका थिए । तर, नर्सिङ संघले जानकारी पाएपछि सच्याएर ३० जनाको सूची तयार पारिएको थियो । सूचीमा तोकिएभन्दा ७ जना बढी नाम सहभागी भए पनि चीन सरकारले उनीहरूलाई वेटिङ लिस्टमा राखेर चीन लगेको थियो ।

नर्सको शिक्षाप्रति राज्य उदासीन,तारा पोखरेल अध्यक्ष, नर्सिङ संघ

हामीले होइन अर्थले रोक्यो मोहम्मद दाउद प्रवक्ता, स्वास्थ्य मन्त्रालय

नयाँ पत्रिकामा अर्जुन अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया