Edukhabar
शनिबार, ०८ मंसिर २०८१
खबर/फिचर

कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम : जीवनोपयोगी शिक्षाका १० विषय क्षेत्र, २० सक्षमता

विहीबार, ३१ साउन २०७५

काठमाडौं - कक्षा ११ र १२ का लागि प्रस्तावित पाठ्यक्रम प्रारुपमा उल्लेख भएको नयाँ विषय जीवनोपयोगी शिक्षाका लागि १० विषय क्षेत्र तय गरि प्रतिवेदन बुझाईएको छ । उक्त विषयको पाठ्यक्रम बनाउन पाठ्यक्रम विकास केन्द्रले निर्माण गरेको विज्ञ समितिले विषय क्षेत्र सहितको प्रतिवेदन बुझाएको श्रोतले जनायो ।  

शिक्षाविद् विमल कुमार फुयाल नेतृत्वको उक्त समितिले तय गरेको विषय क्षेत्रको पहिलो बुँदामा जीवनमुखि शिक्षा र जीवनोपयोगी सीपहरु पठन पाठन गराउनु पर्ने प्रस्ताव गरिएको छ । जस अन्र्तगत कक्षा ११ मा यसको अर्थ र महत्व, जीवनोपयोगी सीपका प्रकार र उपयोगलाई समेटिएको छ । यस्तै कक्षा १२ मा ज्ञान, सीप र सिकाइ प्रक्रिया, सामाजिक न्याय र ज्ञानमा सहभागितालाई समेटिएको छ । 

यसैगरी दोश्रो बुँदामा जीवन दर्शन र विश्वदृष्टिकोणलाई समेटिएको छ । उक्त विषय क्षेत्रमा कक्षा ११ का लागि दर्शनको अर्थ र महत्व, दर्शन र विश्व दृष्टिकोण तथा विश्व दृष्टिकोण रमानव जीवनलाई उल्लेख गरिएको छ । कक्षा १२ मा भने नेपालमा प्रचलित दर्शनहरु, सामाजिक न्यायमुखि विश्व दृष्टिकोण र शिक्षा, सिकाई र विश्व दृष्टिकोण समेटिएको छ । 

तेश्रो विषय क्षेत्रमा सचेतना र चिन्तन शैलीलाई समेटिएको छ । जस अन्र्तगत कक्षा ११ मा आत्मबोध, आलोचनात्मक चेत र चिन्तन तथा सृजनात्मक चिन्तन छ भने कक्षा १२ मा सचेतनाका तत्वहरु, सचेतिकरण र यसका अभ्यासहरुलाई पढाउन प्रस्ताव गरिएको छ ।  

चौथो विषय क्षेत्र अन्र्तगत मूल्य मान्यता र सामाजिक ब्यवहार समेटिएको छ । जसमा कक्षा ११ मा अधिकार, कर्तव्य, समानुभुति तथा पारस्परिक सम्मान र कक्षा १२ मा सम्मान र मर्यादा, श्रम सृजना र मर्यादित जीवन, प्रतिभा र सरसहयोगलाई समेटिएको छ । 

पाँचौ विषय क्षेत्र अन्र्तगत तोकिएको संचार सामूहिक कार्य र लोकतान्त्रिक नेतृत्वमा कक्षा ११ मा प्रभावकारी सञ्चार, अन्तरवैयक्तिक सम्बन्ध र सहभागितामूलक निर्णय प्रक्रियाको पठन पाठन गनै प्रस्ताव गरिएको छ । उक्त विषय क्षेत्र अन्र्तगत कक्षा १२ मा नेतृत्वका प्रकार, द्धन्द्ध रुपान्त्रण र सम्झौता सीप तथा वैरवी सीप र सचेत अडानलाई पढाउन प्रस्ताव गरिएको छ । 

स्वब्यवस्थापन र स्वस्थ्य जीवनशैली समेटिएको छैठौं विषय क्षेत्रमा कक्षा ११ का लागि शारिरिक र मानसिक स्वास्थ्य, आवेग र संवेगको व्यवस्थापन तथा ध्यान र योगको अभ्यासलाई तोकिएको छ । यस अन्र्तगत कक्षा १२ मा उपभोक्तावादी जीवनशैली, उत्तेजना मनोविकार र स्वास्थ्य तथा ध्यान र योगका विविध परम्परालाई समेटिएको छ । 

यस्तै सातौं विषय क्षेत्रमा अनुसन्धानलाई समेटिएको छ  जस अन्र्तगत कक्षा ११ का विद्यार्थीलाई अनुसन्धानको अर्थ र महत्व पढाउनु पर्ने छ । यस्तै अनुसन्धान र ज्ञान निर्माण प्रकृया तथा सहभागितामूलक अनुसन्धानलाई समेटिएको छ भने कक्षा १२ का विद्यार्थीलाई यो विषय क्षेत्र अन्र्तगत सहभागितामूलक सिकाइका विधिहरु, सामाजिक अनुसन्धानको प्रयोगहरु र समतामुलक विकास र अनुसन्धान पढाउनु पर्ने छ ।

आठौं विषय क्षेत्र अन्र्तगत सामाजिक परिवर्तन र रुपान्तकारी पहललाई समेटिएको छ । जस अन्र्तगत कक्षा ११ का विद्यार्थीलाई सचेत सामाजिक परिवर्तन, सामाजिक र प्रकृतिलाई गर्नु पर्ने न्याय तथा रुपान्तकारी शक्तिहरुका बारेमा पठन पाठन गर्नु पर्ने छ । 

कक्षा १२ का विद्यार्थीलाई भने परिवर्तनकारी अभियान र अभियन्ताहरु, ज्ञानकर्म र रुपान्तकारी अभियान तथा रुपान्तकारी नेतृत्वका बारेमा पढाउनु पर्ने छ । 

नवौं विषय क्षेत्र अन्र्तगत स्वभाव सम्भावना र जीवनवृत्तिलाई समेटिएको छ । जसमा ब्यक्तिगत स्वभाव, झुकाव र प्रवृत्ति तथा अन्तरनिहित सम्भावना एवं जीवनर्वत्ति र पेशा छनौटलाई कक्षा ११ मा र रोजगारी बजारका अवसर र चुनौती तथा रुची, झुकाव, क्षमता र पेशा छनौटलाई कक्षा १२ मा पठन पाठन गर्न प्रस्ताव गरिएको छ । 

यसैगरी अन्तिम विषय रुपान्तकारी परियोजना अन्र्तगत कक्षा ११ मा परियोजना प्रस्तावना लेखन र कार्यान्वयन तथा कक्षा १२ मा परियोजना छनौटका आधारहरु र कार्यान्वयनका बारेमा पठनपाठन गर्न प्रस्ताव गरिएको छ । 

विद्यार्थीले २० सक्षमता हासिल गर्ने 

उक्त विषय क्षेत्र अन्र्तगत पठन पाठन भएपछि विद्यार्थीले विभिन्न २० सक्षमता हासिल गर्ने उक्त प्रस्तावमा उल्लेख गरिएको छ । सार्थक मानव जीवनको महत्वबारे बोध, आत्मज्ञान र अवलम्वन हासिल हुने भन्दै उक्त प्रस्तावमा विविध विश्व दृष्टिकोणबाट बुझिने जीवन जगतको सम्बन्धबारे ज्ञान हासिल हुने उल्लेख गरिएको छ । 

उक्त विषयको अध्ययन पछि विद्यार्थीमा आलोचनात्मक चेतको विकास हुने, चिन्तनको अर्थ र महत्व बुझ्ने, आफ्नो सोच, मान्यता र सवल तथा कमजोर पक्षबारे जानकार हुने उल्लेख गरिएको छ । 

यस्तै परिवार, समुदाय, देश र विश्वकै नागरिकका ेरुपमा जिम्मेवारी र भुमिका बोध हुने, पर्यादित जीवन जिउन पारस्परिक सम्मानको अर्थ मुल्यबारे आत्मसात हुने अपेक्षा गरिएको छ । स्वस्थ्य जीवन, योग ध्यानको बैज्ञानिकताबारे जानकारी, लोकतान्त्रिक नेतृत्वको विधि, सहभागिता मूलक सिकाइ पद्धतीको बोध, समाज परिवर्तनको अर्थ, शक्ति सम्बन्ध, द्धन्द्धको उत्पत्ति र त्यसको रुपान्तरणका विधिबारे बोध र विश्लेषण हुने अपेक्षा गरिएको छ । 

प्रकृति र समाजमा आईपर्ने प्रकोपहरुका बारेमा ज्ञान र पूर्व तयारीका सीपहरुको विकास हुने अपेक्षा गर्दै उक्त विषयको पठनपाठनले विद्यार्थीमा ज्ञान निर्माणको आधारभूत सिद्धान्तबारे जानकारी हुने पनि उल्लेख गरिएको छ । यस्तै ज्ञान क्षेत्र र सामाजिक विकास विचको सम्बन्ध, ज्ञान क्षेत्रले पार्ने असर, ज्ञानको धरातल, भविष्यमा के कस्ता पेशा अपनाउन सकिन्छ भन्ने बारे प्रष्टता, जीवन र समाजलाई आलोचनात्मक तर आशावादी भएर हेर्ने र कार्यगर्ने प्रवृत्ति तथा चरित्र निर्माण हुने अपेक्षा गरिएको छ । 

यसैगरी पर्यावरण र मानव सम्बन्धबारे ज्ञान प्रकृति मैत्री भाव र जीवनशैलीको अवलम्बनलाई उक्त प्रस्तावमा सक्षमताका रुपमा उल्लेख गरिएको छ ।  

समितिले बुझाएको उक्त प्रतिवेदन शिक्षा मन्त्रीको अध्यक्षतामा रहेको पाठ्यक्रम विकास तथा मूल्याँकन परिषद्ले स्विकृत गरेपछि मात्रै लागू हुने छ । 

बदलिदों परिवेश अनुसार पठन पाठन गर्नु आवश्यक रहेको भन्दै आफु मन्त्री हुनासाथ गिरिराजमणि पोखरेलले यही शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने भन्दै पाठ्यक्रम प्रारुप सार्वजनिक गरेका थिए । तर उक्त प्रारुपमा ब्यापक विरोध भएपछि शिक्षा मन्त्रालय पछि हटेको थियो । 

यो पनि पढ्नुहोस् : शिक्षा मन्त्रालयमा व्यापारीको दवाव, कक्षा ११ को पाठ्यक्रम बनाउन समिति गठन

प्रतिक्रिया