Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

पाठ्यक्रम विकासका लागि सैद्धान्तिक सहमती

शुक्रबार, १८ साउन २०७५

काठमाडौं - राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषद्ले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती प्रदान गरेको छ । 

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बिहिबार बसेको परिषद्को ७० औं बैंठकले उक्त निर्णय गरेको हो । 

यो निर्णयले समृद्ध नेपाल बनाउने राज्यको अभियानलाई सहयोग पुग्ने बताउँदैं राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा. सिद्धार्थ ठाकुरले स्वागत गरे । यसले गरिबी निवारण र रोजगारीमा सहयोग पुग्ने उनको दावी छ ।  

प्रतिक्रिया