Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

चार शैक्षिक सत्र पछि बल्ल 'शिलान्यास' !

शुक्रबार, १८ साउन २०७५

काठमाडौं - २०७२ सालको भुकम्पले क्षती पुर्याएको देशकै जेठो विद्यालय दरबार हाईस्कुलको चार शैक्षिक सत्र वितेपछि बल्ल शिलान्यास गरिएको छ । 

शुक्रबार आयोजित एक कार्यक्रममा शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनिया राजदूत यु होङ्ले संयुक्त रुपमा भवन निर्माण कार्यको शुरुवात गरे । 

कार्यक्रमको मञ्चमा टाँगिएको ब्यानरमा 'दरबार हाईस्कुलको पुन निर्माण कार्यको शिलान्यास' लेखिए पनि मन्त्री र राजदूतले शिला भने उठाएनन् । उनीहरुले शिलान्यासको ब्यहोरा लेखेको प्लेटलाई छोपिएको रातो पर्दा हटाएर सांकेतिक रुपमा निर्माणको शुरुवात गरे । 

चिनिया सरकारको सहयोगमा २० महिना भित्र निर्माण सक्ने गरी बन्न लागेको उक्त विद्यालय भवन निर्माणका लागि चिनियाँ मुद्रा ५ करोड ३० लाख (९० करोड १० लाख रुपैयाँ) को लागत ईष्टिमेट गरिएको छ । 

नयाँ बन्ने भवनको नक्सा 

कार्यक्रममा मन्त्री पोखरेलले सबै सामुदायिक विद्यालयलाई सम्पूर्ण विद्यालय बनाउने आफ्नो अवधारणा रहेको दोहोर्याउँदै दरबार हाईस्कुल पनि सम्पूर्ण विद्यालय बन्ने अपेक्षा गरेको जनाए । 

विद्यालय पुर्ननिर्माणमा सघाएकोमा चिन सरकारलाई धन्यवाद ब्यक्त गर्दै मन्त्री पोखरेलले तोकिएको समयमा काम सम्पन्न हुने र विद्यार्थीले पढ्न पाउने कुरामा विश्वस्त रहेको पनि उल्लेख गरे । 

यस्तै कार्यक्रममा राजदूत यु होङ्ले नेपालको विकास र समृद्धिका लागि चिन सदैव साथमा रहने प्रतिवद्धता ब्यक्त गर्दै, भुकम्प पछि चिनले शुरु गरेका विभिन्न २५ परियोजना मध्ये २ वटा सम्पन्न् भएका, १७ वटा निर्माणको चरणमा रहेका र ६ वटाको सम्भाब्यता अध्ययन जारी रहेको जानकारी दिईन् । 

सोही सहयोग अन्र्तगत देशकै गौरवका रुपमा रहेको दरवार हाईस्कुल निर्माणको कार्य शुरु भएको उनले बताईन् । 

'सुरक्षित, सुन्दर र परम्परागत विशेषता भएको विद्यालय बन्ने छ' उनले भनिन्, 'यो विद्यालय चिन र नेपालको मित्रताको चिनो बन्ने छ ।' 

विद्यालय पुर्ननिर्माणको यो चरण सम्म आईपुग्दा 'धेरै कठिनाई' आईपरेको समेत उनले स्मरण गर्दै कठिनाईहरु माथि विजय गरेर राम्रो शुरुवात भएको उनले उल्लेख गरिन् । 

भुकम्पको ४ बर्ष सम्म पनि देशकै पहिलो विद्यालयको पुनर्निर्माणको काम शुरु हुन नसक्दा चौतर्फि आलोचना हुँदै आएको थियो ।

पुरातत्व विभाग, शिक्षा मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिका विच तालमेल नमिल्दा निर्माण प्रकृया लम्बिएको थियो । खास गरी भवनमा अण्डरग्राउण्ड पार्किङ् समेत बनाउनु पर्ने भन्दै काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले अन्तिम समयमा आएर नक्सामा हस्ताक्षर गर्न नमान्दा काम अल्झेको थियो । 

भूकम्पले भत्काए पछि चीन सरकारले बनाईदिने भनेको उक्त विद्यालय भवनको स्विकृत नक्सामा नभएको पार्किङ् रहन पर्ने उनको अडान थियो । भवनको नक्साको आवश्यक सबै प्रकृया सकेर प्लिन्थ लेभल सम्मको ईजाजत पत्र लिने बेलामा शाक्यले पार्किङ् पनि चाहिने अडान लिए पछि काम अल्झेको थियो ।

पढ्नुहोस् : पार्किङ्को अत्तोले अल्झ्यो, दरबार हाईस्कुलको पुनर्निर्माण !

उक्त विवादका बारेमा खबर सार्वजनिक भएपछि सम्बन्धित निकायहरुमा दाववा परेको थियो । फलस्वरुप मन्त्री पोखरेलले गत जेठ ७ गते विद्यालयमा उभिएर दरबार हाईस्कुलको पुनर्निर्माणको काम आजैबाट शुरु भएको घोषणा गरेका थिए । 

पढ्नुहोस् : चर्केको भित्ताको आडमा उभिएर शिक्षा मन्त्रीले भने - आजबाट शुरु भयो !

उक्त भवन निर्माणका लागि चिनिया सरकारले आफ्नै देशको कम्पनी मार्फत् काम गराउँदै छ । 

अभियानले नछोएको देशकै पहिलो विद्यालय, विद्यार्थी संख्या १३९ !

 चार बर्ष अघिको यो खबर पनि पढ्नुहोस् : बेहाल दरवार !

प्रतिक्रिया