Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

जनप्रशासन क्याम्पस ४२ बर्षमा, प्राध्यापलाई विद्यावारिधि अनिवार्य सरह

विहीबार, १७ साउन २०७५

काठमाडौं - मुलुककै पहिलो जनप्रशासन क्याम्पसले आफ्नो ४२ औं बार्षिकोत्सब मनाएको छ । त्रिभुवन विश्वविद्यालय अन्र्तगतको जनप्रशासन क्याम्पस बल्खुको बार्षिक दिवसका सन्दर्भमा आयोजित समारोहमा  विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले प्राध्यापकहरुलाई अब विद्यावारिधि अनिवार्य सरह भै सकेको भन्दै प्राज्ञिक उन्नयन एवं अनुसन्धान कार्यमा लाग्न जनप्रशासन क्याम्पसलाई आग्रह गरीन् ।

सरकारले उच्च शिक्षाको महत्व र आवश्यकतालाई उपेक्षा गर्न खोजिरहेको अनुभुति भएको भन्दै उनले राज्यले पर्याप्त लगानी गरे आवश्यक उच्च दक्ष जनशक्ति निर्माणमा विश्वविद्यालय लागि पर्ने बताईन् । 

क्याम्पसको वार्षिक दिवस समारोहको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य एवं पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सीले  उच्चशिक्षमा राज्यको स्पष्ट लगानी गर्ने बातावरण निर्माण गर्नुपर्ने बताए । जनप्रशासन लगायतका विषयहरुका अध्ययन गरेका विद्यार्थीले मुलुकमा सुशासन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले शिक्षाका सम्पूर्ण पाठ्यक्रममा मुलुकको समृद्धि झल्किनुपर्ने बताए ।  

त्रिवि जनप्रशासन केन्द्रीय विभागका प्रमुख प्रा.डा टेकनाथ ढकालले जनप्रशासन क्षेत्रमा वढिरहेको आकर्षण र त्यसको सम्वोधनका लागि भइरहेका प्रयत्नहरुका वारेमा जानकारी गराउँदै दरबन्दी अनुसार शिक्षक÷कर्मचारी नहुँदा शैक्षिक कार्यक्रम सञ्चालनमा कठिनाई भईहरेको भन्दै त्रिवि पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।  

कार्यक्रममा व्यवस्थापन संकायका डीन प्रा.डा.डिल्लीराज शर्माले त्रिविले सेमेष्टर सिस्टमलाई संस्थागत सुधार गर्दै अघि वढेको बताउदै यसको निरन्तर सुधार र विकासकालाई सहयोग गर्न विद्यार्थी एवं प्राध्यापकहरुलाई आग्रह गरे । 

क्याम्पस प्रमुख हरिभक्त शाहीले क्याम्पसको पछिल्लो अवस्थाको वारेमा जानकारी गराएका थिए भने स्व.वि.यू कोषाध्यक्ष जगदिश जोशी, स्व.वि.यू सचिव सन्देश आचार्य एवं स्व.वि.यू सभापति पंकज कुमार क्षेत्रीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

वार्षिक दिवसको अवसरमा क्याम्पसवाट विद्यावारिधि गर्ने शिक्षक, अवकास प्राप्त शिक्षक÷कर्मचारीका साथै उत्कृष्ट काम गर्ने शिक्षक÷कर्मचारीलाई सम्मान गरिएको थियो । वि.पि.ए र एम.पि.ए लगायका विभिन्न सेमेष्टरमा उत्कृष्ट नजिता  ल्याउन सफल छात्र÷छात्राहरुलाई समेत उक्त अवसरमा सम्मान गरिएको थियो । 

 

प्रतिक्रिया