काठमाडौं - बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने छात्राहरु प्रती बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले गरेको टीप्पणीको विरोधमा संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।
प्रसाईको उक्त टीप्पणीले नेपाली छात्राहरु प्रति अपमान र संविधान तथा कानुनको उल्लंघन भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद डिला संग्रौला पन्तले दर्ता गरेको उक्त प्रस्तावको समर्थकमा लक्ष्मी परियार र प्रमिला राई छन् ।
उक्त प्रस्तावमा प्रसाईको टीप्पणीले नेपाली छात्राहरुको ईज्यत मान र प्रतिष्ठामा धावा बोलेको भन्दै कारवाहीको माग गरिएको छ । उक्त टीप्प्णी सिंगो नारी जगतको अपमान गर्ने दुस्प्रयास सँगै आम स्वाभिमानी नागरिक र अभिभावकको प्रतिष्ठडामा समेत गम्भिर चोट पुर्याउने कार्य भएको उक्त प्रस्तावमा उल्लेख छ । उक्त अभिब्यक्तिले बंगलादेशसँगको दशकौं पुरानो कुटनीीतक सम्बन्धमा आँच पुर्याएको भन्दै संविधान र कानून बमोजिम तत्काल कारवाहीको माग गर्दै उक्त प्रस्ताव दर्ता गरिएको हो ।
प्रसाईले नेपाली छात्राले बंगलादेशमा शरीर सुम्पेर मात्रै सर्टिफिकेट पाउने दावी गर्दै सार्वजनिक अभिब्यक्ति दिएका थिए । उनकै अभिब्यक्तिको सिको गरेर बोल्दा तत्कालिन कानून मन्त्री शेरबहादुर तामाङ्ले मन्त्री पद नै गुमाउनु परेको थियो ।
पढ्नुहोस् : छात्राप्रति गरेको टीप्पणी : आँसु झार्दै मन्त्रीको राजीनामा
प्रतिक्रिया