Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

विस्थापित शिक्षकका पक्षमा संसदमा आवाज, पुर्नवहालीको माग

आइतबार, १३ साउन २०७५

काठमाडौं - सत्ताधारी दलका सांसद दुर्गा वहादुर रावतले विभिन्न आन्दोलनका क्रममा सेवाबाट विस्थापित शिक्षकलाई पुर्नवहाली गर्न माग गरेका छन् । उस्तै प्रकृतीका कर्मचारीको पुर्नवहाली भईसक्दा पनि शिक्षकका बारेमा अहिले सम्म सुनुवाई नभएको भन्दै उनले शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । 

'१० बर्षे जनयुद्ध पछिल्ला जनआन्दोन र संघीय आन्दोलनका क्रममा धेरै शिक्षक विस्थापित भएका छन् । जागिरबाट अझै बाहिर छन्' आईतबारको संसद बैठकमा शुन्य समयमा बोल्दै उनले भने 'त्यस्तै क्रमका कर्मचारीहरुको पुनरवहाली धेरै अघि भईसक्यो, शिक्षकको अहिले सम्म सुनुवाई भएको छैन सम्बन्धित मन्त्रालयको यसमा ध्यानार्कषण गराउन चाहन्छु ।' 

त्यही क्रममा घाईते अपाङ् भएका थुपै्रै घाईतेहरुले उपचार नपाएकोमा पनि उनले सरकारको ध्यानाकर्याण गरेका छन् । 

संसदको आईतबारको बैठकको शुन्य समयमा सांसदहरुले कञ्चनपुरमा सामुहिक बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको हत्यामा संलग्न दोषिलाई कारवाहीको माग गरेका छन् । घटनाको ४ दिन सम्म पनि दोषिलाई कारवाही नभएकोमा विभिन्न दलका सांसदले सरकारको ध्यानाकर्षण समेत गरेका छन् । 

आईतबारको बैठकमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य सूची छ । 

 

प्रतिक्रिया