Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

प्रमाणपत्र शंकाको घेरामा : नियुक्तिमा अन्यौल

आइतबार, १३ साउन २०७५

काठमाडौं १३ साउन / प्रधानन्यायाधीशका लागि संसदीय सुनुवाइ सामना गरिसकेका दीपकराज जोशीका शैक्षिक प्रमाणपत्र थप शंकाको घेरामा परेका छन् । जोशी र निवर्तमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको ‘प्रोग्रेस रिपोर्ट’ का केही आधारभूत विवरण शंकास्पद भेटिएका कान्तिपुरमा कृष्ण ज्ञवालीले लेखेका छन् । 

यसैविच कान्तिपुरकै अर्कोखबर अनुसार संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ सकिए पनि समितिले बेलैमा निर्णय नलिँदा अन्योल बढेको छ । विगतमा सुनुवाइ सकिएलगत्तै समितिले निर्णय दिने प्रचलन थियो । यस पटक समितिले सुनुवाइ सकिएको तीन दिन भइसक्दा पनि जोशीको नाम अनुमोदन गर्नेरनगर्ने निर्णय गरेको छैन ।

निर्णय गर्न ढिलाइ हुँदा जोशीको पक्ष–विपक्षमा चलखेलको सम्भावना बढेको जानकारहरू बताउँछन् । स्वतन्त्र र निष्पक्ष रहनुपर्ने न्यायालयबाट हुने निर्णयमा सत्तापक्षले ‘बार्गेनिङ’ गर्ने मनसायले ढिलाइ गरेको हुन सक्ने चिन्ता एक पूर्वप्रधानन्यायाधीशले व्यक्त गरे । सत्तारूढ नेकपाले जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन वा अस्वीकृत के गर्ने भन्नेबारे आफ्ना सांसदलाई ‘लाइन’ स्पष्ट नदिएपछि अन्तिम निर्णय लिन ढिलाइ भएको समितिका एक सदस्यले बताए । समितिले बिहीबार जोशीको सुनुवाइ अपराह्न पौने ४ बजे सकेको थियो । निर्णयका लागि शुक्रबार ३ बजे बैठक बोलाइएको थियो । सत्तारूढ सांसदहरूकै आग्रहमा त्यस दिन बैठकै नबसी आइतबारलाई सारिएको हो ।

कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन् ।

प्रतिक्रिया