Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

एल्लो जोनमा शिक्षा मन्त्री : काम सन्तोषजनक नभएको प्रधानमनत्रीको निष्कर्श !

आइतबार, १३ साउन २०७५

काठमाडौं १३ साउन / मन्त्रीहरुको कार्यसम्पादनका आधारमा प्रधानमन्त्रीको सचिवालयले बनाईरहेको मन्त्रीहरुको रिपोर्ट कार्डमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको काम सन्तोषजनक नभएको उल्लेख छ । मन्त्रीको मार्कसिट बनाउँदै प्रधानमन्त्री शिर्षकमा नयाँ पत्रिकाले लेखेको खबर अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्रीहरुले गरेको कामको अवस्थालाई हेरेर उनको सचिवालयले अहिले मन्त्रीहरुको मूल्यांकन गरिरहेको छ ।

रेड जोन, एल्लो जोन र ग्रिन जोनमा मन्त्रीहरुको वर्गीकरण गरिएको छ । जस अनुसार रेड जोन अर्थात् जोखिमको सूचि, एल्लो जोन अर्थात् निगरानीको सूची र ग्रीन जोन अर्थात् सन्तोषजनकको सूची तयार पारिएको छ ।

जसमा पोखरेल एल्लो जोन अर्थात् निगरानीको सूचीमा छन् अर्थात् उनको काम सन्तोषजनक छैन भन्ने प्रकानमन्त्रीको सचिवालयको रिपोटिङ् छ ।

यो सूचिमा पोखरल सहित ९ जना मन्त्री छन् । उद्योगमन्त्री मातृका यादव, वनमन्त्री शक्ति बस्नेत, महिला बालबालिका मन्त्री थममाया थापा मगर, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार, पर्यटनमन्त्री रवीन्द्र अधिकारी, कृषिमन्त्री चक्रपाणि खनाल, खानेपानी मन्त्री विना मगर र सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा यो सूचिमा छन् ।

रेड जोन अर्थात जोखिमको सूचीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित छन् ।

ग्रिन जोन अर्थात सन्तोषजनकको सूचीमा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ऊर्जामन्त्री वर्षमान पुन, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट र अर्थमन्त्री युवराज खतिवडा रहेको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भर्खरै कार्यभार सम्हालेकाले उनीहरुको समीक्षा नगरिएको नयाँ पत्रिकामा पुष्प ढुंगाना, वीरेन्द्र ओलीले लेखेको उक्त खबरमा उल्लेख छ ।

प्रतिक्रिया