काठमाडौं - चिकित्सा शिक्षाका वेथिती विरुद्ध अनसनरत डा. गोविन्द केसी र सरकारका प्रतिनिधि बिच बुधबारको वार्ता असफल भएसँगै सरकारले वार्तावाटै समाधानमा पुग्न अनुरोध गरेको छ ।
सरकार गम्भिर नभएको भन्दै केसीका प्रतिनिधि वार्ताबाट बाहिरिए पछि बुधबार साँझ वार्ता टोलीका संयोजक शिक्षा सचिव खगराज बरालले विज्ञप्ति निकालेर 'केसीको स्वास्थ्य स्थितिको संवेदनशीलतालाई ध्यानमा राखि यथाशिघ्र वार्ताद्धारा नै समस्याको समाधान गर्नु पर्ने भएकोले वार्ता टोलीलाई वार्तामा बसी सहमतीमा पुग्न पुनः अनुरोध गरिन्छ' भनेका छन् ।
विज्ञप्तिमा मंगलबार भएको समझदारी बमोजिमका विषयहरुमा सरकारका तर्फबाट सहमतीका लागि अनुरोध गरिएकामा केसीका प्रतिनिधिबाट असहमती जनाएका कारण वार्ता अघि बढ्न नसकेको उल्लेख छ ।
यस अघि दिउँसो शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारी पक्ष जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै केसीका प्रतिनिधि वार्तास्थलबाट बाहिररिएका थिए ।
पढ्नुहोस् : चिकित्सा शिक्षाका वेथिती विरुद्धको अनसन : वार्ता असफल
प्रतिक्रिया