काठमाडौं - चिकित्सा शिक्षाका वेथिती विरुद्ध अनसनरत डा. गोविन्द केसी र सरकारका प्रतिनिधि बिचको वार्ता असफल भएको छ । बुधबार दिउँसो शिक्षा मन्त्रालयमा भएको वार्तामा सरकारी पक्ष जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै केसीका प्रतिनिधि वार्तास्थलबाट बाहिररिएका थिए । आफूहरुले पेश गरेको २२ बुँदे सूचीका आधारमा चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने केसी पक्षको भनाई छ ।
२६ दिन देखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ । सरकारी पक्ष गैरजिम्मेवार बनेको र विधेयकसम्वन्धी दफागत छलफलमा प्रवेश नै गर्न नचाहेको केसीको वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले बताएका छन् ।
उक्त प्रस्तावमा शिक्षा सचिव खगराज बराल सहितको टोलीले कुनै ठोस जवाफ नदिए पछि वार्ता असफल भएको हो ।
वार्ता पछि टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले सत्याग्रह प्रति सरकार गम्भिर नभएको सञ्चारकर्मीसँग बताए ।
प्रतिक्रिया