Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

अस्तब्यत बनाउन खोजेको शिक्षा मन्त्रीको आरोप, सत्य बताईदिन शिक्षकसँग आग्रह

सोमबार, ०७ साउन २०७५

काठमाडौं - गोविन्द केसीको अनसनको कारणले अस्तब्यस्ताको अवस्था सृजना गर्न खोजिएको आरोप लगाउँदै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षकहरुलाई सत्य कुरा बताईदिन आग्रह गरेका छन् । 

२०४६ साल  पछि काँग्रेसकै नीतिका कारण स्वास्थ्य शिक्षामा विकृती विसंगती आएको बताउँदै उनले घुमाउरो पारामा अहिलेको अस्तब्यस्ताको कारण काँग्रेस भएको संकेत गरेका छन् । ०५७ सालमा निजीकरणको समस्या समाधान गर्न आवाज उठेको स्मरण गर्दै उनले सन् २००४ मा विश्व स्वास्थ्य सँगठनले पनि स्वास्थ्यमा राज्यको उपस्थिती बढाउन दिएको सुझावको स्मरण गरे । 

तत्कालिन माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा आयोजित पाँच दिने सुचना प्रविधि तथा नेतृत्व विकास राष्ट्रिय कार्यशालामा बोल्दै पोखरेलले संसदमा गईसकेको विषयलाई संसदबाटै संबोधन गर्ने गरी कुरा बुझाईदिन पनि शिक्षकहरुसँग आग्रह गरेका छन् । 

'गोविन्द केसीको अनसनको कारणले अस्तब्यस्ताको अवस्था सृजना गर्न खोजिएको छ' उनले भने, 'परिस्थितीलाई बुझेर भ्रम भन्दा यथार्थ पस्किदिन तपाईहरुले पनि सघाउनु पर्यो ।' 

यस अघिको तुलनामा केसी प्रति नरम भाषा सहित उनले कुरा राखेका थिए । 

'हाम्रा मुद्धामा टाढा छैनौं, विश्वासको संकट सृजना गर्न खोजिएका हुन् अस्तब्यस्त बनाउने खोजिएको छ सरकार सबैलाई समेटेर अघि बढ्न तत्पर छौं' उनले भने । 

केसीकोे टोलीले उनको स्वास्थ्यमा ध्यान नदिएपछि अभिभावकको भूमिका मुताविक केसीको जीवन रक्षा गर्न सरकारले जुम्लाबाट काठमाडौं ल्याएको उनको तर्क थियो । मन्त्री पोखरेलले मिडियामा आएका समाचार भ्रमपूर्ण भएको भन्दै माथेमा कार्यदलले दिएको सुझावकै आधारमा विधेयक बनेको र उपत्यकामा मेडिकल कलेज खोल्न दिने नदिने कुरा, विश्वविद्यालयले कति वटा कलेजलाई सम्बन्धन दिने जस्ता कुरा आयोगलाइ जिम्मा दिईएको दोहोर्याए । त्यसैले उच्चस्तरीय आयोग बनाउने तर्फ  चाँडो भन्दा चाँडो अघि बढ्नु पर्ने बताए ।  

सिटिईभिटिको विद्यालय शिक्षालाई परिवर्तन गरेको, कवुलियतनामा गरेको ५ बर्षेको ब्यवस्था र आयोगको संरचनामा  परिवर्तन वाहेक माथेमा कार्यदलले दिएको सुझाव आयोग मार्फत् हल गर्न लागेको उनको तर्क छ । 

विषयबस्तुको सम्बोधन गर्न सरकार लचिलो र गम्भिर भएको भन्दै उनले बाहिरबाट चुनौती दिने भन्दा पनि आयोगमै बसेर मजवुत बनाउन केसीलाई आग्रह गरे । 

घटनाक्रमका मिडियाले सही सप्रेषण नगरेको पटक पटक दोहोर्याउँदै उनले जुम्लामा भएको घटनाका बारमा पनि मिडियाले भ्रम छरेको आरोप लगाए ।

'प्रहरीले गोली चलेको छैन भनेको छ, गृह मन्त्रीले भन्नु भाको छ, तर पत्रिकामा गोली चल्यो भनेर प्रचार भयो' उनले भने 'यो भ्रमको राजनीति चिर्न आवश्यक छ, मिडियालाई सत्य तथ्य राख्न अनुरोध गर्छु यसमा शिक्षक साथीहरुले पनि सघाईदिनु पर्यो । '

यसैवित फरक प्रसंगमा उनले अधिकार प्राप्तिको लडाई सकिएको बताउँदै अधिकारलाई कार्यान्वयन गर्न शिक्षकको रोल बदलिएको उल्लेख गरे । 

सामुदायिक विद्यालय सुधारको काम चुनौतीपूर्ण भन्दै उनले यस तर्फ शिक्षक संघ संगठनले नेतृत्वदायि भूमिका हुनु पर्ने बताए । 

'कागजमा लेखेर हैन शिक्षकको भूमिका कक्षामा बढाउने हो, शिक्षा ऐनको आठौं शंसोधन त्यसकै लागि हो' उनले भने 'कक्षा कोठाको सिकाइमा सुधार गर्न शिक्षकले आफ्नो सामथ्र्यलाई ध्यान दिनु पर्ने छ, यसका लागि पेशागत नैतिकता र संगठनात्मक नैतिकता आवश्यक हुन्छ ।' 

विद्यालयको अवस्था कस्तो छ भन्ने कुराबाट नै शिक्षकको मूल्याँकन र सफलता निर्धारण हुने बताउँदै उनले स्कुललाई नयाँ ढंगले र्याङ्किग गर्ने र स्कुलको अवस्थाको मूल्याँकन संगठनले पनि गरिदिनु पर्ने बताए । 
यो बर्ष नीति निर्माणको बषए भएको दोहोर्याउँदै उनले संघीय शिक्षा नीति बनाउने काममा सघाउन शिक्षकहरुसँग आग्रह गरे । 

शिक्षकको समस्या समाधान गर्न सरकार कारात्मक ढंगले लागेको भन्दै उनले शिक्षकलाई आश्वस्त पार्ने कोशिस गरे । 

प्रतिक्रिया