Edukhabar
बुधबार, ०५ मंसिर २०८१
खबर/फिचर

सत्तारुढ दलकै सांसदको माग, शिक्षकका सन्तान सामुदायिकमै

विहीबार, २१ असार २०७५

काठमाडौं - सामुदायिक विद्यालयका शिक्षकका सन्तानलाई अनिवार्य रुपमा सामुदायिकमै पढाउने ब्यवस्था गर्न सत्तारुढ दलकै सांसदले माग गरेकी छन् । मन्त्रालय अन्र्तगत विनियोजित बजेट शिर्षकमा बिहीबार राष्ट्रिय सभाको बैठकमा भएको छलफलमा सांसद मिना बुढाले उक्त माग गरेकी हुन् । 

आफ्ना सन्तान बोर्डिङ्मा पढाउने शिक्षककै कारणले सामुदायिकको स्तर घटेको बताउँदै उनले त्यस्ता शिक्षकलाई कारवाही गर्नु पर्ने माग समेत गरिन् । 

'आफ्ना बाहिर पढाउँछन् भने अरुले किन राख्छन् ?' प्रश्न गर्दै उनले भनिन्, 'सामुदायिकको स्तर घट्ने मुख्य कारण यही भएको ठानेको छु ।'

बैठकमा सत्तारुढ दलकै अर्का सांसद खिम कुमार विश्वकर्माले शिक्षामा भएको विनियोजन कम भएको भन्दै अस्थायी शिक्षकहरुको ब्यवस्थापन र प्रधानाध्यापकको 
योग्यता र दक्षताका आधारमा नियुक्ति गर्नु पर्ने सुझाव दिए । 

बिहीबार राष्ट्रिय सभाको बैठकमा शिक्षा सहित वन तथा वातावरण, श्रम तथा रोजगार, खानेपानी, अर्थ, सहरी विकास, उर्जा, जलश्रोत तथा सिंचाई र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अनर्तगत विनियोजित शिर्षकमा सांसदहरुले आआफ्ना धारणा राखेका छन् । 

 

प्रतिक्रिया