जाजरकोट - भेरी नगरपालिकाले आगामी बर्षलाई शैक्षिक सुधारको लागि शिक्षक व्यवस्थापन र कोर्ष पुरा वर्ष घोषणा गर्न प्रस्ताव गरेको छ । नगर शिक्षा शाखाका शिक्षा अधिकृत भक्तबहादुर मल्लले प्रस्तुत गरेको प्रस्तावमा उक्त कार्यका लागि ७ करोड २६ लाख ५७ हजार बजेट आवश्यक पर्ने उल्लेख छ । जसमा भौतिक पूर्वाधार तर्फ ६ करोड १२ लाख ९५ हजार र तलबमा १ करोड १३ लाख ६२ हजार खर्च हुने उल्लेख छ ।
कमजोर शैक्षिक व्यावस्थापनका कारण उत्पादित जनशक्ति कमाजोर भएको ठहर गर्दै उक्त प्रस्तावमा शिक्षक दरवन्दी कमी, कमजोर विद्यालयको भौतिक अवस्था र सरोकारवालाहरुमा चेतनाको कमीले शैक्षिक व्यवस्थापन कमजोर भएको निष्कर्ष निकालिएको छ ।
स्थानीय सरकारले आफ्ना स्थानीय आवश्यकताहरु पहिचान गरी ती आवश्कताहरुको परिपुर्ति गर्ने बजेटको व्यवस्थापन गरि कार्यान्वयन गर्न सकिएमा उक्त चुनौती समाधान गर्न सकिने भन्दै उक्त प्रस्ताव गरिएको उल्लेख छ ।
नगरपालिको शैक्षिक अवस्था सुधारका लागि नगरपालिका भित्रका विद्यालयहरुको शैक्षिक अवस्था सुधार गरि गुणस्तरिय शैक्षिक वातावरण कायम राख्नु पर्ने भएको उक्त प्रस्तावमा उल्लेख छ ।
लक्ष्मिी मावि भेरे, भागवती मावि कुदु , शिव मावि कालेगाउँ र भेरी त्रिवेणी मावि रिम्नामा अँग्रेजी, गणित र विज्ञान शिक्षकको दरबन्दी सृजना गरी प्रति शिक्षकलाई प्रति महिना २० हजारका दरले १३ महिनाका लागि २८ लाख ६० हजार रकम आवश्यक हुने उक्त प्रस्तावमा उल्लेख छ । यस्तै नगर भित्रका आधारभूत तहका लागि ३० जना शिक्षक दरबन्दी सिर्जना गरी प्रति शिक्षक प्रति महिना १५ हजारका दरले १३ महिनाका लागि ५८ लाख ५० हजार आवश्यक पर्ने प्रस्तावमा उख्लेख छ ।
यसैगरी प्राथमिक तहका कक्षा १ देखि ३ सम्मका लागि कम्तिमा २ जना र १–५ का लागि न्यूनतम ४ जना शिक्षक दरबन्दी कायम गरी १७ दरबबन्दीका लागि प्रति महिना प्रति शिक्षक १२ हजारका दरले २६ लाख ५२ हजार रकम आवश्यक पर्ने प्रस्ताव छ ।
यसैगरी ५५ वटा विद्यालयका लागि बाल कक्षा देखि कक्षा ३ सम्मका बालबालिकाका लागि बालमैत्री कक्षाकोठा र बालमैत्री बसाइका लागि प्रति विद्यालय २ लाखका दरले १ करोड १० लाख रुपैंया आवश्यक पर्ने प्रस्ताव छ । प्रधधानाध्यापक बैठक सञ्चालन र जिर्वाह खर्च शिर्षकमा ३ लाख रुपैंया आवश्यक पर्ने प्रस्तावमा उल्लेख छ ।
दैनिक अनुपस्थित विद्याथीका बारेमा प्रधानाध्याकिले अभिभावकसँग सम्पर्क राख्नका लागि मात्रै १ लाख ५ हजारको सञ्चार खर्च आवश्यक पर्ने उक्त प्रस्तावमा उल्लेख छ । यसरी खर्च दिदाँ पावि तहका शिक्षकलाई ५ सय आधारभूतलाई ३ सय र प्राविलाई २ सय रुपैंया प्रति महिना उपलब्ध गराउन आवश्यक रहेको उक्त प्रस्तावमा उल्लेख छ ।
अभिभावक विद्यार्थीका लागि सचेतना कार्यक्रम, परीक्षा सञ्चालन, शिक्षकलाई पुर्नताजगि तालिम, अँग्रेजी माध्यामबाट पढाउने शिक्षकका लागि तलब भत्ता, खेल सामग्री अ ादी शिर्षकमा पनि रहक आवश्यक पर्ने गरी प्रस्ताव गरिएको छ । उपलब्धि परीक्षा शिर्षकमा पनि २ लाख ५० हजार आवश्यक पर्ने गरी बजेट प्रस्ताव गरिएको छ । विद्यालयको घेराबारा, शौचालय निर्माण, मर्मत सम्भार आदी शिर्षकको रक मभौतिक पूर्वाधार शिर्षकमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया