काठमाडौं १७ असार / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले विश्वविद्यालयहरुको मर्यादा उच्च हुने गरी कार्य गर्न प्राध्यापकहरूलाई आग्रह गर्नुभएको छ ।
नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनद्वारा शनिबार संयुक्तरुपमा आयोजित कार्यक्रममा उहाँले प्राध्यापकहरूको उपयुक्त भूमिकाले देश निर्माणका लागि मार्गनिर्देशन हुने बताउनुभयो ।
नेकपाका केन्द्रीय सदस्य नारायण दाहालले देशलाई समाजवादको दिशामा अगाडि बढाउन प्रगतिशील प्राध्यापकहरूको सहयोग आवश्यक पर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय प्राध्यापक संगठनका सहसंयोजक प्रा. डा. रमेश भट्टराई र नेपाल प्रगतिशील प्राध्यापक संगठनका महासचिव डा. खगराज शर्माले एकता प्रक्रियालाई छिटो टुंग्याउने बारेमा तयारी अन्तिममा पुगेको बताउनुभयो ।
गोरखापत्रबाट
प्रतिक्रिया