Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

निमावि अँग्रेजी र नेपालीको नतिजा सार्वजनिक

शनिबार, ०२ असोज २०७२

भक्तपुर २ असोज / निम्न माध्यमिक तर्फ मध्यमाञ्चल बाहेक सबै क्षेत्रको अँग्रेजी तथा सुदुर पश्चिमाञ्चलको नेपाली विषयको स्थायी शिक्षकको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले गत बुधबार देखि शुरु गरेको नतिजा सार्वजनिक गर्ने क्रममा शनिबार दुई विषयको नतिजा सार्वजनिक गरेको हो ।

नतिजाको लागि यहाँ क्लिक गर्नुहोस् ।

सुदुर पश्चिमाञ्चलको अँग्रेजी विषयको नतिजा शुक्रबारै सार्वजनिक भएको थियो । समयमै नतिजा सार्वजनिक गर्न विदाको दिन पनि काम गरेको प्रवक्ता सुदर्शनल मरहठ्ठाले बताए  । संविधान जारी गर्ने खुसीयालीमा हुने सार्वजनिक विदाका कारण काममा केही प्रभाव पर्न सक्ने अनुमान भएपनि काममा कुनै कमी नआउने आयोगको भनाई छ ।

बाँकी विषय मध्ये नेपाली र सामाजिकको नतिजा प्रकाशनका लागि आयोगलाई अलिक धेरै समय लाग्ने देखिएको छ । नेपालीको ३६ हजार धेरै रहेकाले समय लाग्ने देखिएको हो ।

बुधबार विज्ञान विषयको नतिजा सार्वजनिक गरेर आयोगले निमाविको नतिजा प्रकाशन गर्ने क्रम शुरु गरेको हो ।

गत असार २५ र २६ गते भएको माध्यामिक र निम्न माध्यामिकको स्थायीको नतिजा  मध्ये माविको नतिजा दुई महिना भित्रै सार्वजनिक गरिएको  थियो । माविको नतिजा गत भदौ १६ गते बाट प्रकाशन शुरु भएको थियो ।

प्रतिक्रिया