तनहुँ - व्यास नगरपालिकाले सामुदायिक विद्यालयको स्तर सुधारका लागि व्यवस्थापन समिति मार्फत प्रधानाध्यापकको पूर्ननियूक्ति तथा पालिकासँग करार सम्झौता गर्ने भएको छ । तेश्रो नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटमा उक्त ब्यवस्था उल्लेख गरिएको हो ।
उप प्रमुख मिरा जोशीद्धारा तगत आईतबार नगरसभामा प्रस्तु उक्त अवधारणा सहितको नीति, कार्यक्रम तथा बजेटमा नगरपालिका भित्रका माध्यमिक तहसम्मका विद्यालयहरुमा शैक्षिक,प्रशासनिक र व्यवस्थापकीय पक्षलाई सूधार गरी दरबन्दी मिलान गरी प्राविधिक विषयको थप कक्षाहरु प्रारम्भ गरिने उल्लेख छ ।
सबै विद्यालयका प्रधानाध्यापकहरुको व्यवस्थापन समिति मार्फत पूर्ननियूक्ति गरी नगरपालिकासंग तीन वर्षे करार सम्झौता द्वारा विद्यालयका प्रधानाध्यापकहरुलाई जिम्मेवार बनाइनेछ उक्त कार्यक्रममा भनिएको छ, नगर पालिका क्षेत्रभित्रका विद्यालय जान सक्ने सबै बालबालिकाहरुलाई विद्यालयमा पठन पाठनको व्यवस्था मिलाइने छ ।
आगामी वर्षका मूख्य मूख्य आयोजना र क्रियाकलापहरु शिर्षकमा समेटिएको ब्यवस्था अन्र्तगत संरक्षक विहिन एवं विद्यालय जान आर्थिक कारणले असक्षम बालबालिकाहरुलाई विद्यालयमा पठन पाठनको व्यवस्थापन गर्न पर्ने आवश्यक खर्चको जिम्मा नगरपालिकाले लिने उल्लेख छ । सबै माध्यमिक विद्यालयहरुमा विद्युतीय हाजिरी प्रणाली लागु गरी हाजिरीको न्युनतम महिनामा एक पटक मुल्यांकन गरिनेछ पनि पालिकाको कार्यक्रममा समाबेश गरिएको छ ।
पालिकाले आगामी आर्थिक वर्षको लागि कूल रु.१ अरब १२ कराड २४ लाख ३४ हजारको बजेट तर्जुमा गरेको छ ।
बजेटमा क्षेत्रगत नीति तथा आधारहरु अन्र्तगत सामाजिक विकास क्षेत्रतर्पmको शिर्षकमा नगरपालिका क्षेत्रको समग्र सामाजिक विकासको आधार शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संकृतिक प्रवद्र्धन, खेलकुद र मनोरञ्जन, लैंङ्कि समानता र सामाजिक समावेशीकरण जस्ता क्षेत्रलाई समटिएको छ । यस अन्तर्गत कुल बजेटको १६ दशमलब ४३ प्रतिशत रु. १८ करोड ४४ लाख ५० हजार विनियोजन गरिएको उल्लेख छ । यसमा शिक्षाका लागि मात्रै कति हो भन्ने चाँहि स्पष्ट खुलाईएको छैन ।
यस्तै आर्थिक विकास क्षेत्र शिर्षकमा नगर क्षेत्र भित्र कृषि, उद्योग तथा वाणिज्य, पर्यटन, सहकारी, वित्तीय क्षेत्र सूधार जस्ता क्षेत्रसंग सम्बन्धित कार्यक्रम तथा योजनाहरु समावेश गरिएका छन् । यस क्षेत्रमा कुल विनियोजनको २ दशमलब ४१ प्रतिशत रु. २ करोड ७० लाख ३० हजार विनियोजन गरिएको छ ।
यसैगरी पुर्वाधार विकास क्षेत्रतर्फ पुर्वाधार विकास क्षेत्र अन्तर्गत स्थानीय सडक, कजवे, सिंचाई, भवन तथा शहरी विकास, सडक बत्ती तथा उर्जा गरी कुल बजेटको ३६ दशमलब३३ प्रतिशत रु. ४० करोड ७८ लाख १३ हजार विनियोजन गरिएको छ ।
प्रतिक्रिया