काठमाडौं - विद्यार्थीको हक हित र संरक्षणको मुल मन्त्र जपेर नथाक्ने विद्यार्थी सँगठनहरु एसईईको नतिजामा भएको लापरवाहीका बारेमा भने चुपचाप छन् । अघिल्लो दिन र भोलीपल्ट नतिजामा भएको फेरवदलले हजारौं विद्यार्थी प्रभावित भएका छन् । तर पनि विद्यार्थी संगठनहरुले यसबारेमा केही धारणा सार्वजनिक नगरेर संगठनहरु शैक्षिक मुद्धा भन्दा पनि माउ पार्टिको आदेश निर्देशमा मात्रै केन्द्रित छन् भन्ने आरोपलाई थप पुष्ट्याई गरेका छन् ।
प्रमुख प्रतिपक्षि दल काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले बुधबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाएर झारा टारेको छ ।
सत्तारुढ दल आवद्ध विद्यार्थी सँगठनहरुले त्यति सम्म पनि गरेका छैनन् । अखिल क्रान्तिकारीका उपाध्यक्ष विजय गौतम आज बस्ने दुई पार्टिका विद्यार्थी संगठनको संयुक्त बैठकले निर्णय गर्ने बताउँछन् ।
'यस बारेमा मन्त्री सँग अनौपचारिक छलफल गरेका छौं, छानवीन समिति गठन भईसकेको अवस्थामा त्यसले ल्याउने प्रतिवेदन पछि के गर्ने भन्ने तय हुन्छ' उनले भने ।
आफूहरु विद्यार्थी माथि परेको अन्यायको विरुद्ध कृयाशिल रहेको नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले दावि गर्छन् ।
तर परीक्षा जस्तो सम्वेदनशील कुरामा भएको लापरवाहीका बारेमा विद्यार्थी सँगठनहरुले आवश्यक चासो नदिएर शैक्षिक मुद्धा प्राथमिकता हैन भन्ने प्रमाण दिएको भन्दै आलोचना भईरहेको छ ।
गत शनिवार नतिजा सार्वजनिक भएको भोली पल्टै लापरवाही भएको खबर सार्वजनिक भएको थियो ।
पढ्नुहोस् : एसईई नतिजामा चरम लापरवाही, एउटै विद्यार्थीको जिपीए फरक फरक
एसईईमा लापरवाही : अघिल्लो दिन २४ जना, भोलीपल्ट ७४
एसईईमा लापरवाही : बोर्ड अध्यक्ष गर्व साथ भन्छन्- त्रुटि लुकाउन सक्थ्यौं लुकाएनौं !
प्रतिक्रिया