काठमाडौं २७ जेठ / सरकारले कक्षा ११ र १२ मा गणित विषय हटाएसंगै विद्यार्थीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । गणित विषय दैनिक व्यवहारीक जिबनसंग जोडिएको भन्दै यो बिषय पाठ्यक्रमबाट नहटाउन चेतावनी दिएका छन् । उनिहरुले तत्काल गणीत विषयलाई पाठ्यक्रममा समाबेश गर्न माग गरेका छन् ।
सरकारले कक्षा ११ र १२ लाई माध्यमिक तहमा समायोजन गरेसँगै पाठ्यक्रम पनि हेरफेर गरेको हो । पाठ्यक्रम विकास केन्द्रले तयार गरेको विद्यालय तहको पाठ्यक्रमको प्रारुपअनुसार अब कक्षा ११ र १२ मा गणित विषय नपढे पनि हुने भएको छ । गणितलाई अनिवार्य विषयबाट हटाइएको हो ।
शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले जेठ १८ गते सो पाठ्यक्रम पारित गरिसकेको छ । गणितजस्तो व्यावहारिक र महत्वपूर्ण विषयलाई हचुवाको भरमा पाठ्यक्रमबाट विस्थापन गर्न खोजेको गणीत विषयमा स्नातकोत्तर गरिरहेका विद्यार्थी अर्जुनदेव जोशीले बताउनुभयो ।
नेपाल समाचारपत्रमा प्रशान्त वलीले लेखेका छन् ।
प्रतिक्रिया