काठमाडौं २४ जेठ /आगामी वर्षदेखि मेडिकल कलेजहरूमा एमबिबिएसको सिट निर्धारण चिकित्सा शिक्षा आयोगले गर्ने भएको छ ।
नयाँ पत्रिकाका अनुसार १६ जेठमा नेपाल मेडिकल काउन्सिलका नाममा पत्र काट्दै आयोगले आगामी शैक्षिक सत्रका लागि सिट निर्धारण नगर्न आग्रह गरेको हो । अहिले मेडिकल कलेजको सिट निर्धारण मेडिकल काउन्सिलले गर्दै आएको छ । आयोगले आगामी शैक्षिक सत्रबाट सबै मेडिकल कलेजको सिट निर्धारण गर्ने जनाएको छ ।
आयोगले काउन्सिललाई पठाएको पत्रमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिसिन धुलिखेललाई बोधार्थ दिएको छ ।
नयाँ पत्रिकामा छापिएको खबर
प्रतिक्रिया