Edukhabar
बुधबार, ०५ मंसिर २०८१
अन्तैवाट

विद्यालयको हविगत कन्तविजोग : मैदानभर मकै, कोठाभर दिसा !

मंगलबार, २२ जेठ २०७५

काठमाडौं २२ जेठ /झापाको पुरानो सदरमुकामस्थित झापा बजारको त्रिभुवन आधारभूत विद्यालयको अवस्था यतिसम्म दयनीय छ कि मैदान बेहान–बेलुकी ठ्याक्कै गौचरनजस्तो देखिन्छ । विद्यालयमा कम्पाउण्ड छैन । गाउँका गाईवस्तु चर्न आउने स्थान बनेको छ, विद्यालयको मैदान । नयाँ पत्रिकाका अनुसार दिनभर विद्यार्थीले गाई भैँसी धपाएर पढ्छन् । साँझ फेरि, अवस्था उस्तै हुन्छ ।

विद्यालयमा थप दुई कोठाको एउटा चर्पी ब्लकसमेत थियो । गाउँलेहरुले ढोका फोरिदिए । ढुंगा हालेर चर्पी बन्द गरिदिए ।

तर, झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह भने समुदायको सरसफाई प्रबर्द्धनका लागि आफूहरु प्रतिबद्ध भएको बताउँछन् ।

यो विद्यालयको मैदानलाई अर्कै विद्यालयका प्रधानाध्यापकले घरको आँगनजसरी प्रयोग गर्दै आएका छन् । गाउँका अगुवा भनेर चिनिने कृष्णप्रसाद गणेशका छोरा प्रदीप गणेश सोही गाउँपालिकाभित्र पर्ने सीतुमारी आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । गणेशले अहिले त्रिभुवन आधारभूत विद्यालयको मैदानलाई आफ्नो आँगनको रुपमा प्रयोग गरिरहेका हुन् ।

शनिबार दिनभर गणेशले थ्रेसर लगाएर मकै छोडाए । विद्यालयको मैदान मकै छोडाउँदा निस्किएको धुलोले भरियो । आइतबार पनि मकै छोडाए र सुकाए । गणेशको यो हर्कतप्रति त्रिभुवन आधारभूत विद्यालयका प्रधानाध्यापक सीताराम यादब सन्तुस्ट छैनन् ।

नयाँ पत्रिकामा लक्ष्मी काफ्लेले लेखेको खबर ।

प्रतिक्रिया