काठमाडौं - नोबेल क्वीज मेनिया ६ को ग्रान्ड फिनालेको शीर्ष उपाधि बंगलादेशको नोट्रे ड्याम कलेजले जितेको छ । गत आईतबार भएको फाईनल प्रतियोगितामा प्रथम उपविजेता भारतको बिरला विद्या निकेतन र द्धितीय उपविजेता नेपालको सीसीआरसी कलेज भएका छन् ।
प्रतियोगितामा पहिलो हुनेले पाँच लाख, प्रथम उपविजेताले तीन लाख र द्धितीय उपविजेताले एक लाख पचास हजार रुपैंया प्राप्त गरेका छन् ।
उक्त प्रतियोगिता एसियाली स्तरको रहेको आयोजक एक्रेटिभ मिडियाको दावी छ । क्वीज मेनियाको सातौं संस्करणको तयारी भइरहेको र नयाँ संस्करणले अझ बढी देशहरुलाई समेट्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया