Edukhabar
सोमबार, १० मंसिर २०८१
खबर/फिचर

भोज भतेरको खर्च कटाएर विद्यालयमा पुस्तकालय

आइतबार, २० असार २०७२

काठमाडौं २० असार / नेपाल शैक्षिक परामर्श संघ ईक्यानले शैक्षिक मेलाको समापनमा हुने रकम जोगाएर सामुदायिक विद्यालयमा पुस्तकालय तथा कम्प्युटर प्रयोगशाला बनाउन खर्च गर्ने घोषणा गरेको छ । विगत बर्षहरुमा यस्ता मेला समापनका अवसरमा धेरै खर्च गरेर भोज भतेर गर्ने चलन थियो । 

भुकम्पका कारण धेरै विद्यालयमा पुगेको क्षतीलाई मध्यनजर गर्दै ईक्यानले यस्तो निर्णय गरेको अध्यक्ष राजेन्द्र बरालले बताए । पढ्नुहोस् - भूकम्पले कति विद्यालयमा क्षति ? (विवरण सहित)

 'भुकम्पका कारण गाउँ गाउँका विद्यालयहरुमा धेरै क्षती पुगेको बेला शिक्षाकै क्षेत्रमा कृयाशिल हामी कसरी भोज भतेरमा रमाउन सक्छौं ?' शैक्षिक मेला समापन समारोहलाई सम्बोधन गर्दै उनले भने, 'त्यसैले हामीले यो बर्ष त्यस्ता विद्यालयहरुलाई केही सहयोग गर्ने जमर्को मात्रै गरेका हौं ।' 

मेला आयोजक ईक्यान र मेलाको ब्यवस्थापक संस्था वान अप बाट एक एक लाख रुपैंया जम्मा गरेर उक्त सहयोगका लागि कोष बनाईने उनले बताए । यो कोषमा परामर्शका क्षेत्रमा कृयाशिल विभिन्न संस्था तथा ब्यक्तिले रकम थप्न सक्ने उनले बताए । यसको खर्च कसरी गर्ने र कहाँ गर्ने भन्ने कुरा कार्यविधि बनाएर सार्वजनिक गर्ने उनको भनाई छ । कोषको विस्तार संगै उक्त विद्यालयहरुमा शौचालय निर्माण गर्ने उनको योजना छ । 

'सुन्दा सानो लाग्न सक्छ तर शौचालयकै अभावका गाउँ घरका विद्यार्थीले धेरै सास्ति पाएका छन्' उनले भने, 'हामीले नगरे कसले गर्ने ? शैक्षिक परामर्श दिने संस्थाहरु कमाउ धन्धामा मात्रै लागे भन्ने हामी माथिको आरोप हामी सामाजिक काम गरेरै गतल सावित गर्न चाहन्छौं ।'

प्रतिक्रिया