Edukhabar
आइतबार, ०६ असोज २०८१
विदेशमा शिक्षा

कोरियामा छात्रबृत्ति बढाउन पहल गर्ने

आइतबार, १३ भदौ २०७२

काठमाडौं १३ भदौ / नेपाली विधार्थी समाज दक्षिण कोरिया 'सोनसिक' ले कोरियाको शिक्षा मन्त्रालयसंग समन्वय गरी छात्रबृत्ति बढाउन पहल गर्ने रणनीति बनाएको छ । कोरियाका प्रतिष्ठित अनुसन्धान केन्द्रहरुमा नेपालका विश्विद्यालयहरुले पनि प्राज्ञिक अनुसन्धान गर्न सक्ने गरि कार्ययोजना निर्माण गर्ने सोनसिकको तयारी छ ।

१२ औं साधारण सभाले चयन गरेको नयाँ कार्यसमितिले उक्त रणनीति सहितको आफ्ना योजना सार्वजनिक गरेको कोरियाबाट नेपाली विद्यार्थी कृष्ण कुवँरले एडुखबरलाई जानकारी दिए । शनिबार र आईतबार भएको साधारण सभाले इन्दिरा तिवारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सन्मुन बिश्वबिद्यालय छनानमा भएको चुनावमा तिवारीले एक सय सात मत प्राप्त गरि विजय भएकी हुन । सभापतिका प्रत्यासी निरन्जन कोइरालाले ४४ मत प्राप्त गरेका थिए ।

उपसभापतिमा चार क्षेत्रबाट एकमा ठाकुर ढकाल, दुइमा विजय बस्नेत तिनमा सौरभ भटराई र चारमा मोहन श्रेष्ठ चयन भएका छन ।
सचिवमा प्रभात पाठक चयन गरिएको छ भने कोषाध्यक्षमा शिश्ली सिम्खडाले जिम्मेवारी पाएकी छन ।सह सचिवमा आराजना श्रेष्ठ विजय भएकी छन । सदस्यहरुमा अनसुया ढकाल, सूनेस के सि, जबिन्द्र खनाल, सकिन श्रेष्ठ, रमेश परियार, निर्बिरोध चयन भएका छन ।

एक बर्षको कार्यकाल रहने कार्यसमितिकि सभापति तिवारीले २०१० को सोनसिक कार्यसमितमा कोषाध्यक्ष र २०११ मा ४ नंं क्षेत्रबाट प्रतिनिधित्व गर्दै उपसभापति थिईन । तिवारीले पुसान नेसनल युनिभर्स्टिि बुसानमा सूक्ष्म जीव बिज्ञानमा पीएचडी गर्दै्छिन ।

उनले आफ्नो कार्यकालमा सोनसिकमा बिद्यार्थी आवद्ता बढाउने ,नेपाल प्रवर्धनात्मक गतिबिधि र सास्कृतिक कार्यक्रम आदानप्रदान गर्ने योजना रहेको पनि बताईन् । एक बर्षको कार्यकालमा बौद्धिक र रचनात्मक कार्यक्रमहरु सुधार गर्दै निरन्तता दिने उनकाभे भनाई छ ।

साधारण सभाको पहिलो दिन शनिवार सुनाखरी व्याण्ड तथा विधार्थीको सांस्कृतिक प्रस्तुतीको साथै “स्पोर्टस मिट” अन्तरर्गत युनिभर्सिटीका विधार्थीहरुको क्षेत्रगत रुपमा खेलकुद गराईएको थियो ।

प्रतिक्रिया