Edukhabar
विहीबार, ०३ असोज २०८१
गतिविधि

विद्रोहीको आक्रमणमा मृत्यु भएका पाकिस्तानी विद्यार्थीको सम्झना

शुक्रबार, ०४ पुस २०७१

काठमाडौं ४ पुस / पाकिस्तानको पेशावरको एक विद्यालयमा तालिवान विद्रोहीले गरेको आक्रमणमा परी मृत्यु भएका विद्यार्थी र अन्य मृतकको सम्झनामा काठमाण्डुमा कार्यक्रम गरिएको छ । आशा द होप फाउण्डेशनको संयोजनमा मैनबत्ति बालेर उनीहरुको आत्माको शान्तिको कामना गरिएको हो । जोरपाटी चोकबाट शुरु भएको र्याली बौद्ध स्तुपामा पुगेर सकिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सुदर्शन बजगाईले मृतकहरु प्र्रति श्रद्धाञ्जली तथा समबेदना ब्यक्त गर्न कार्यक्तम गरिएको बताए । उक्त घटनाले सम्पूर्ण विश्वलाई स्तब्ध बनाएको बताउँदै उनले नेपालीहरु हरेक प्रकारका आतंककारी घटनाको विरोध गर्छन् भन्ने शन्देश दिन पनि कार्यक्रम गरिएको बताए । यस्ता कायक्रमले आतंकारी घटनाके विरोध तथा विश्व शान्तिको कामना गर्न सघाउ पुर्याउने आयोजनको दावी छ ।

कार्यक्रममा बाल संरक्षण समिति जोरपाटिका अध्यक्ष रमा कार्की, विद्यासागर स्कुलकी प्रिन्सिपल सुनिता सिंह बुढाथोकी लगायतले बोलेका थिए । कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक सहित विभिन्न संघ संस्था, दल, नागरिक समाज र नेपाल स्काउटका प्रतिनिधिको सहभागिता थियो ।
गएको मंगलबार भएको घटनामा परी १ सय ३२ विद्यार्थी सहित १ सय ४१ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय समाचार एजेन्सिहरुले जनाएका छन् ।
सम्बन्धित खबर

पकिस्तानमा तालिवानको आक्रमण, विद्यार्थी, शिक्षक सहित सय जनाको मृत्यु

प्रतिक्रिया