काठमाडौं - आफ्ना पूर्व अध्यक्ष डा. बाबुराम पोखरेलको निधनमा शोक ब्यक्त गर्न मंगलबार एक दिन निजी विद्यालयहरु बन्द गर्ने निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सनले निर्णय गरेको छ ।
पोखरेलको आईतबार निधन भएको थियो ।
धोविघाट, ठाडो ढुङ्गा स्थित घरमै रहँदा विहान असजिलो भएपछि अस्पताल लैजादैं गर्दा उनको निधन भएको हो ।
पढ्नुहोस् : प्याब्सनका पूर्व अध्यक्ष पोखरेलको निधन
अमेरिकामा रहेका जेठा छोरा आएपछि मात्रै अन्तिम संस्कार गरिने भएको छ । मंगलबार अन्तेष्टि गर्नु अघि उनको शवलाई उनले नै स्थापना गरेको विद्यालय भिएस निकेतनमा राखेर श्रद्धाञ्जली ब्यक्त गर्ने प्याब्सनले तयारी गरेको छ ।
पोखरेलको निधनका कारण आफ्ना केही नियमित कार्यक्रम स्थगित गरेको पनि प्याब्सनले जनाएको छ ।
पोखरेल लामो समय देखि स्वास प्रश्वास सम्बन्धि रोगबाट पिडित थिए । केही समय अघि सिंगापुरबाट उपचार गराएर फर्केका उनलाई मुटुको समेत समस्या थियो ।
विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट समानुपातिक सांसद रहेका पोखरेलका २ छोरा र श्रीमती छन् ।
प्रतिक्रिया