Edukhabar
शुक्रबार, ०४ असोज २०८१
गतिविधि

बालबालिकाप्रति गर्नु पर्ने व्यवहार उजागर गर्ने पुस्तक सार्वजनिक

आइतबार, २२ चैत्र २०७१

काठमाडौं २२ चैत / बालबालिकाप्रति अभिभावकको व्यवहार र सम्बन्ध उजागर गर्ने पुस्तक 'हामी आमाबाबु' सार्वजनिक भएको छ । भारतीय शिक्षाशास्त्री तथा लेखक गिरिजाशंकर भगवानजी बधेका अर्थात् गिजुभाईद्धारा लिखित पुस्तक 'माँ बापो की माथापच्ची' को नेपाली भाषामा पुर्नलेखन गरिएको हो । लेखक तथा पत्रकार शरच्चन्द्र वस्तीले पुस्तकको पुर्नलेखन गरेका हुन् । सिकाई समूहले प्रकाशन गरेको पुस्तक हुवहु अनुवाद भन्दा पनि नेपाली परिवेश अनुसार पुर्नलेखन गरिएको छ ।

नलेखिएको क्षेत्रमा लेखक चिन्तकहरुको ध्यान पुग्न सके आमाबाबु र शिक्षा क्षेत्रलाई योगदान हुन सक्ने वस्तीले बताए ।

पुस्तक सार्वजनिक गर्दै शिक्षाविद् केदारभक्त माथेमाले बालबालिकाप्रति गर्नु पर्ने ब्यवहार र परिवारबाट उनीहरुलाई दिनु पर्ने मूल्य मान्यताका बारेमा पुस्तक सफल रहेको बताए ।

लेखक खगेन्द्र संग्रौलाले शिक्षा भनेको लाद्ने नभई बालबालिकाको सृजनशिलतालाई जगाउने खालको हुनु पर्ने बताउँदै यस तर्फ पुस्तकले पर्याप्त बहसको शुरुवात गर्ने बताए । शिक्षा मन्त्रालयका सहसचिव डा. लवदेव अवस्थीले पुस्तक पढेपछि सरकारले बनाएको अभिभावक शिक्षाको प्याकेजलाई नयाँ रुपमा थालनी गर्नु पर्ने टुङ्गोमा पुगेको बताए । पुस्तकले बालबालिकाको तागत देखाएको बताउँदैं उनले बालबालिबा प्रति गर्ने ब्यवहारमा समस्या देखाएपनि समाधानको बारेमा पुस्तकले सम्बोधन नगरेको उनको भनाई छ ।

सिकाई समूहका प्रवन्ध सञ्चालक सुदर्शन घिमिरेले बालबालिकाको क्षेत्रमा सरकार र अभिभावकले थुर्पै लगानी गरेको भएपनि त्यसले बालबालिका प्रति गर्नु पर्ने ब्यवहारमा परिवर्तन नभएको ठहर गर्दै पुस्तक प्रकाशन गरेको बताए । 

प्रतिक्रिया