Edukhabar
मंगलबार, ११ मंसिर २०८१
गतिविधि

विद्यार्थीको क्षमता निखार्न 'मीट एण्ड ग्रीट'

विहीबार, २२ भदौ २०७४

ललितपुर - विद्यार्थीमा रहेको क्षमता र सृजना तथा आफ्ना कार्यक्रमहरुका बारेमा जानकारी दिने उद्धेश्यले काठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ आट्र्सले ‘केयु स्कुल अफ आट्र्स मीट एण्ड ग्रीट– २०१७’ गर्ने भएको छ । हात्तिवन, स्थित विश्वविद्यालयको हातामा आईतबार हुने उक्त कार्यक्रमले साउनमा आएको बाढिबाट भएको क्षती पश्चात सामान्य अवस्थामा फर्किसकेको जानकारी समेत प्रवाह गर्ने अपेक्षा आयोजकको छ ।

विश्वविद्यालयका सात स्कुलहरु मध्ये एक स्कुल अफ आट्र्समा अध्ययनको अभिलाशा राख्ने विद्यार्थी उक्त कार्यक्रममा सहभागि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । कार्यक्रमबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्कुलका डिन डा. सागर राज शर्माले विद्यार्थीले आफ्ना रुचिका कोर्सबारे विस्तृत परामर्श पाउने बताए ।

“पछिल्ला बर्षमा उल्लेख्य मात्रामा विद्यार्थीहरु पाइराखेतापनि यतिखेर हामीले हाम्रा कोर्सहरुबारे धेरै भन्दा धेरैले थाहा पाउन भन्ने उद्देश्यबाट अघि बढिराखेका छौं । जसले गर्दा हामीले अझ खारिएका र विविधता पूर्ण क्षेत्रका विद्यार्थी पाउने छौं भने विद्यार्थीले समेत केयु भित्र थुप्रै विकल्पहरु पाउनेछ ।” शर्माले भने ।

कार्यक्रममा सेण्टर अफ आर्ट एण्ड डिजाइनले आफ्ना कृयाकलाप प्रदर्शनी गर्नुका साथै शिक्षक र विद्यार्थीका लाइभ पोट्रेटका नमूना सत्रहरु हुनेछन् । स्कुलकै संगीत विभागले लाइभ म्युजिक प्रस्तुत गर्नेछ । मिडिया अध्ययनका विद्यार्थीले आफ्ना श्रव्य—दृश्य कृयाकलाप प्रदर्शन गर्नेछन् । उक्त अवसरमा निःशुल्क स्वास्थ जाँच समेत हुनेछ ।

केयु स्कुल अफ आट्र्समा चार बर्षे स्नातकमा अर्थशास्त्र, मिडिया अध्ययन, कम्युनिटी डेभलपमेन्ट, ललितकला र संगीत जस्ता कार्यक्रमहरु सञ्चालित छन् ।

मिडिया अध्ययन, कम्युनिटी डेभलपमेन्ट, आर्ट एण्ड डिजाइन कार्यक्रम सञ्चालित छन् । यस्तै स्नातकोत्तर तर्फ भने स्कुलले विकास अध्ययन र मानव तथा प्राकृतिक स्रोत व्यवस्थापनका कोर्षहरु सञ्चालन गरिराखेको छ जसमा पीएचडि कार्यक्रमहरु समेत सञ्चालन गरेको छ ।

प्रतिक्रिया