काठमाडौं - नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य ध्रुवमोहन अधिकारीको निधन भएको छ । ६४ वर्षीय अधिकारी गत महिना मस्तिष्कघात ( ब्रेन ह्यमरेज) भई उपचाररत थिए । रौतहट निवासी अधिकारी तराई मधेसमा शिक्षासेवा मार्फत समाजसेवीको रुपमा परिचित थिए ।
अधिकारीको निधनले वामपन्थी आन्दोलनका भरपर्दो अगूवा र प्रेरक वाम वुध्दिजीवी गुमाउनु परेको भन्दै संगठनले दुख ब्यक्त गरेको छ । संगठनका महासचिव लक्ष्मण शर्माले शोक विज्ञप्ति प्रकाशित गर्दै श्रद्धाञ्जली सहित आफन्त र संगठनका सदस्यहरुमा समवेदना प्रकट गरेका छन् ।
सेवा निवृत्त सदस्यहरुको तर्फबाट संगठनको केन्द्रीय समिति सदस्य अधिकारी चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत थिए ।
प्रतिक्रिया